माघिमेलाको अवसरमा विश्व हिन्दु युवा संघ डडेल्धुराले परशुराममा विभिन्न कार्यक्रम गर्ने

sc mahendra

डडेल्धुरा : सुदूरपश्चिमकै प्रसिद्ध धार्मीक स्थल परशुरामधाममा विश्व हिन्दु युवा संघ डडेल्धुराले आध्यात्मिक प्रवचन तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।  परशुराम नगरपालिका-५ परीगाउँमा अवस्थित भगवान परशुरामको जन्मस्थल परशुराम तिर्थमा मकर संक्रान्तिका दिन विश्व हिन्दु युवा संघले आध्यात्मिक प्रवचन तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको हो ।

विश्व हिन्दु युवा संघ डडेल्धुराको आयोजनामा यहि पौष २९ गते र माघ १ गतेका दिन मकर महास्नानको अवसरमा मकर मेलालाई उत्सवका रूपमा मनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको विश्व हिन्दु युवा संघ डडेल्धुराका अध्यक्ष मोहन ऐर (रोहन) ले बताए ।

हिजो (बुधबार) बसेको विश्व हिन्दु युवा संघको बैठकले उक्त कार्यक्रम गर्ने निर्णय गरेको हो । संघले सांस्कृतिक कार्यक्रमका लागि विभिन्न निकायसंग आर्थिक, भौतिक, नैतिक सहयोगका लागी अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

परशुराम तिर्थमा आयोजना हुने आध्यात्मिक प्रवचन तथा सांस्कृतिक कार्यक्रममा विभिन्न व्यक्तिहरुबाट आध्यात्मिक प्रवचन, परशुराम तिर्थमा अखण्ड ध्वनी भजन कृतन गरिने पनि अध्यक्ष ऐरले बताए।

बैठकमा केही दिन अगाडि भारतको पिथौरागढबाट एकलब्यको देश (कविता) भन्ने कृति कविताबाट सम्मानित हुनुभएका विश्व हिन्दू युवा सङ्घका केन्द्रीय सदस्य कैलाश कुमार पाण्डेय र विश्व हिन्दु युवा संघ डडेल्धुरा का सल्लाहकार जनक बिस्टलाई प्रशंसा पत्र र खादामाला लगाई सम्मान समेत गरिएको थियो ।

You might also like
Leave A Reply

Your email address will not be published.