सुदूरपश्चिम प्रादेशिक महोत्सवमा नेता बलायरलाई नौ किलोको माला

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

धनगढीः कैलालीको अत्तरियामा बिहीबार देखि सुरु भएको सुदूरपश्चिम प्रादेशिक महोत्सव सूरु भएको छ । प्रादेशिक महोत्सवको उद्घाटनमा नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य वीरबहादुर बलायर उट्घाटन गरेका हुन् । उट्घाटनमा बलायरलाई नौ किलोको माला समेत लगाइएको छ।

प्रादेशिक महोत्सवको आयोजक अत्तरिया उद्योग वाणिज्य संघले कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद बलायरलाई ६ वटा मागसहित नौ किलोको माला लगाइएको हो। संघले पूर्वमन्त्रीसमेत रहेका बलायरलाई ६ बुँदे माग पत्र पनि बुझाएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

संघको मागपत्रमा गोदावरी नगरपालिका क्षेत्रभित्र खुल्ला मञ्चको व्यवस्थापन गरी विकास गर्न, गोदावरी धाम तथा हाटखोली क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा घोषणा गरी कार्य सञ्चालन गर्न, सुदूरपश्चिम प्रादेशिक राजधानी यथाशीघ्र कार्यान्वयनमा ल्याउन र गेटा विमानस्थलको स्तरोन्नतीका लागि आवश्यक पहल गर्न भनिएको छ।

त्यस्तै, अत्तरिया बजार क्षेत्रको भीमदत्त राजमार्ग पूर्वपट्टिको नेपाली सेनाको भोगाधिकार रहेको जग्गामा वर्षौँदेखि घर टहरा बनाई व्यापार व्यवसाय गर्दै आएकाहरुको हकहितमा हुने गरी कार्यान्वयन गराई आवश्यक पहल गरिदिन र गेटा मेडिकल कलेजलाई विश्वविद्यालयको रूपमा सञ्चालन गर्न आवश्यक पहल गरिदिन भनिएको छ।

महोत्सवको आठौँ संस्करणलाई भव्यताका साथ सफल पारी नवौँ संस्करणको महोत्सव आयोजना गर्ने आधार बनाउनुका साथै प्रादेशिक महोत्सव पनि भएकाले सुदूरपश्चिमका नौ ओटै जिल्ला समेट्ने गरी नौ किलोको माला लगाइएको आयोजकले जनाएको छ। महोत्सव माघ ७ गतेसम्म सञ्चालन हुनेछ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.