सुदूरपश्चिमका एमाले नेता भण्डारी सहित ६ जनाले लिए केन्द्रीय सदस्यको शपथ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

नेकपा (एमाले)का नेता दामोदर भण्डारी सहित ६ जना सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।

मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले दामोदर भण्डारी,दीपक कार्की, तुलसी न्यौपाने, रामअवतार यादव, केशव पाण्डे र विनोदकुमार शाहलाई केन्द्रीय सदस्यको शपथ गराएका हुन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

उनीहरू २६ औं सचिवालय बैठकबाट केन्द्रीय सदस्य मनोनीत भएका थिए।

कार्की एमालेका झापा जिल्ला कमिटी अध्यक्ष हुन्। न्यौपाने कोशी प्रदेशका पूर्वअध्यक्ष हुन्। पहिलो प्रदेश अधिवेशनमा उनी प्रतिस्पर्धाबाट बाहिरिएका थिए।

यादव मधेश, पाण्डे बागमती, शाह कर्णाली र भण्डारी एमाले सुदूरपश्चिम प्रदेश कमिटीका पूर्वअध्यक्ष हुन्। उनीहरू सबै प्रदेश अधिवेशनको प्रतिस्पर्धाबाट बाहिरिएकाले केन्द्रीय कमिटीमा मनोनीत भएका हुन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.