आलितालका प्रकासलाई आर्थिक संकट,छोरा आइसियुमा श्रीमति नौ दिन देखि बेहोस,सहयोग गर्न आग्रह

sc mahendra

आलितालका प्रकास रानालाई आर्थिक संकट परेको छ । डडेल्धुराको आलिताल गाउंपालिका वडा न. ८ डोला गाउं बस्ने रानालाई अहिले आर्थिक संकटले पिरोलेको छ ।

उनको एक महिनाको छोरा आइसियुमा छ भने २४ बर्षिया श्रीमति नौ दिन देखि बेहोस अवस्थामा छिन् । भारतको कोलापुरमा नौकरी गर्दै आईरहेका राना परिवारसंगै थिए । एक महिना पहिले रानाको छोराको जन्म भएको थियो ।
जन्मदा छोराको अवस्था सामान्य भएतापनि एक महिना पछि अकस्मात बिरामी भए । बिरामी छोरालाई नजिकैको सिपि आर डि आई हस्पिटलमा चेकजांच गराउदा छोराको मुटुमा समस्या देखियो । उपचारको लागी पांच छ लाख लाग्ने चिकित्सकले बताए पछि सुत्केरी व्यथाबाट तङ्ग्रीन नपाएकी श्रीमति अकस्मात बेहोस भईन् । बेहोस श्रीमतिको उपचार गर्न तिन दिन हस्पिटल राख्छन् । तर होस फर्किदैन रानासंग पैसा नभए पछि श्रीमतिलाई बेहोस नै हस्पिटलबाट निकाल्नु परेको दुखेसो रानाले गरेका छन् । श्रीमति अहिले पनि बेहोस नै छिन् तर उपचार गर्ने पैसा नहुदा कोठामा राखेका छन् । एकातिर नौ दिन देखि बेहोस श्रीमतिको उपचार गर्ने पैसा छैन भने अर्कोतिर आईसियुमा उपचार भईरहेको छोराको पैसा तिर्न सकेका छन् । उनले उपचार गर्न त परको कुरा पैसा नहुदा बिरामी छोरालाई समेत हस्पिटलबाट निकाल्न सकेका छैनन् । दियालोखबरसंग कुरा गर्दै रानाले आफनो श्रीमति र छोराको ज्यान जोगाई दिन आग्रह गरेका छन् । उनले आफु बिरानो ठाउंमा निकै समस्यामा परेकोले सहयोग गरिदिन आग्रह गरेका छन् । उनले आफुलाई सहयोग गर्न नम्बरमा 7559275849 गोगल पे गर्न सकिने बताएका छन् ।

You might also like
Leave A Reply

Your email address will not be published.