नेपाल राष्ट्रिय शिक्षक संगठन सुदूरपश्चिमको प्रथम अधिवेशन सम्पन्न,अध्यक्षमा धमला निर्वाचित

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिबेशनबाट खगेन्द्र धमला अध्यक्षमा निर्वाचित भएका छन् ।

धनगढीमा आइतबार बिहान सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट कमलाकुमारी भण्डारीलाई हराउँदै धमला अध्यक्षमा निर्वाचित भएका हुन्।
प्रदेश समितिको उपाध्यक्षमा समाबेशि तर्फ मनराज यादव निर्विरोध निर्वाचित भएका छन् , भने खुल्ला तर्फको उपाध्यक्षमा प्रयागराज धामी र महिला उपाध्यक्षमा मञ्जु कुवर निर्विरोध निर्वाचित भएका छन् । तेस्तै महासचिवमा गणेश बहादुर कठायत निर्वाचित भएका छन् भने उपमहासचिवमा लोकराज न्यौपाने निर्वाचित भएका छन् । अधिवेशनले सचिवमा चन्द्रकला शाहलाई निर्विरोध निर्वाचित गरेको छ भने कोषध्यक्षमा गणेश बहादुर भाट निर्विरोध निर्वाचित भएका छन् । माघ ५ गते उट्घाटन भएको अधिवेशनले धमलाको नेतृत्वमा ३९ सदस्यीय समिति गठन गरेको नवनिर्वाचित कोषाध्यक्ष भांटले जानकारी दिए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.