नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिबेशनबाट खगेन्द्र धमला अध्यक्षमा निर्वाचित भएका छन् ।
धनगढीमा आइतबार बिहान सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट कमलाकुमारी भण्डारीलाई हराउँदै धमला अध्यक्षमा निर्वाचित भएका हुन्।
प्रदेश समितिको उपाध्यक्षमा समाबेशि तर्फ मनराज यादव निर्विरोध निर्वाचित भएका छन् , भने खुल्ला तर्फको उपाध्यक्षमा प्रयागराज धामी र महिला उपाध्यक्षमा मञ्जु कुवर निर्विरोध निर्वाचित भएका छन् । तेस्तै महासचिवमा गणेश बहादुर कठायत निर्वाचित भएका छन् भने उपमहासचिवमा लोकराज न्यौपाने निर्वाचित भएका छन् । अधिवेशनले सचिवमा चन्द्रकला शाहलाई निर्विरोध निर्वाचित गरेको छ भने कोषध्यक्षमा गणेश बहादुर भाट निर्विरोध निर्वाचित भएका छन् । माघ ५ गते उट्घाटन भएको अधिवेशनले धमलाको नेतृत्वमा ३९ सदस्यीय समिति गठन गरेको नवनिर्वाचित कोषाध्यक्ष भांटले जानकारी दिए ।