डडेल्धुरा: डडेल्धुराको आलिताल गाउँपालिकामा महिला सामुदायिक स्वास्थ्य स्वयंस्वबिकालाई सम्मान गरिएको छ । आज(सोमबार) यस आर्थिक बर्षको अर्धवार्षिक समीक्षा कार्यक्रममा पालिका भित्र स्वास्थ्यसेवामा कार्य सम्पादनको आधारमा ८ जना महिला स्वास्थ्य स्वयं सेविकालाई सम्मान गरिएको हो ।
प्रत्येक वडाको महिला स्वास्थ्य स्वयंसेविकालाई कार्य सम्पादनको आधारमा प्रत्येक वडाबाट एक /एक जना गरि ८ जना महिला स्वास्थ्य स्वयंसेविकालाई प्रमाण पत्र र दोसल्लाले सम्मान गरिएको आलिताल स्वास्थ्य शाखाका प्रमुख धन बहादुर क्षेत्रीले जानकारी दिए । क्षेत्रीका अनुसार वडा न. १ बाट निर्मला देबि बोहरा वडा न.२ बाट भावना थापामगर तेसै गरि वडा न. ३ बाट पार्वती पुलामीमगर ,वडा न.४ बाट यशोदा बोहरा ,वडा न.५ बाट कमला बोहरा,वडा न. ६ बाट धनसरी खत्री(ओलि) वडा न. ७ बाट महेश्वरी साउद र वडा न. ८ बाट बसन्ती बोगटी सम्मानित भएका छन ।
न्यून प्रोत्साहन रकममा काम गरिरहेका स्वयमसेविकाहरुले आफुहरुको पाउने प्रोत्साहन रकम बढाउन पालिकालाई माग समेत गरेका छन । कार्यक्रमको अवसरमा पालिका भित्रका ५२ जना सामुदायिक महिला स्वास्थ्य स्वयमसेबिकाहरुले पालिकालाई ज्ञापन पत्र बुझाउदै पालिकाले दिने प्रोत्साहन रकम बढाउन माग गरेका हुन् ।