parwat hotel
Citizan

डोटीमा २० बर्ष उमेर पुगी बिवाह गरेका जोडीलाई सम्मान

bhageswar small
Chure

डोटीः हाल चुनौती तथा जटिल समाजिक समस्याको रुपमा रहेको बालबिवाह र छाउपडी प्रथासँग जुझ्न र समाजमा समेत सकारात्मक सन्देश दिने उद्देश्यले डोटीको जोरायल गाउँपालिका वडा नम्बर ६ खसरेले २० बर्ष उमेर पूरा भई बिवाह गरेका जोडिलाई सम्मान गरेको छ ।

‘बिहेबारी बीस बर्ष पारी’ भन्ने मुलनारालाई आत्मसात गर्दै सी डी एफ नेपालको सहयोग र जोरायल गाउँपालिका वडा नम्बर ६ को आयोजनामा मिति २०८० जेठ ३१ गते यता बीस बर्ष पूरा भै बिवाह गरेका जोडीहरुलाई सम्मान गरिएको छ ।

glam &
Citizan

वडा कार्यालयले (दुलाहा दुलही २० बर्ष पुरा भएको प्रमाण खुल्ने कागजात, दुलाह दुलही दुबैको नागरिकता प्रमाणपत्र प्रतिलिपी र ३५ दिन भित्र वडा कार्यालयमा गई बिवाह दर्ता गरेको प्रमाणपत्र प्रतिलिपी) साथ निवेदन दिन अनुरोध साथ सार्वजनिक सूचना जारी गरेको थियो ।

सार्बजनिक सूचना अनुसार २० बर्ष पूरा भएका एक मात्र जोडिको निबेदन परेको थियो उक्त जोडिलाइ सम्मान गरिएको हो ।

lali

जोरायल गाउँपालिका ६ सित्तोली माइती घर हुनुभएको २६ बर्षिया कमला बोहरा र बैतडी जिल्ला मेलौली नगरपालिका ३ कुजागाड निवासी २६ बर्षिया माधव भाटको जोडीलाई सम्मान गरिएको हो । उक्त जोडीको गत माघ ८ मा बिवाहा भएको थियो ।

आफ्नो जोडिलाइ सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्दै यो कार्यक्रमले बाल बिवाह न्यूनीकरणमा सहयोग पुग्नुको साथै बालबिवाहा मुक्त क्षेत्र बनाउन सहज हुने दुलाह माधब सिंह भाटले बताउनु भयो ।

हाम्रो वडा कार्यालयमा सबै भन्दा बढी बाल बिवाह भएको तथ्यांकअनुसार यो अभियान संचालन गरेको र २०८० जेठ ३१ गते यता बीस बर्ष पूरा भएर बिवाह गरेका जोडी लाई सम्मान गरेको र यो कार्यक्रम आफ्नो कार्यकाल भरी जारी रहने जोरायल गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गणेश बोहराले बताउनु भयो ।

वडामा हुने बालबिवाह र छाउपडी का विभिन्न घटनाहरु हाल चुनौती तथा जटिल समाजिक समस्याको रुपमा रहेकोे बालबिवाह र छाउपडीप्रथा संग जुझ्न र समाजमा समेत सकारात्मक सन्देश दिन खोजिएको छ ।

अझै पनि बालबिवाहाका घटनाहरू धेरै भैरहेका छ्न । भागेर बाल बिवाह गरेका घट्ना नलुकाउन सिडिएफ नेपाल बाल संरक्षण तथा बाल अधिकार प्रबर्द्धन परियोजनाका कार्यक्रम संयोजक गिरी राज पाठकले बताउनु भयो ।

बाल बिवाह न्यूनीकरणको लागि बालबालिका अभिभावकलाई जनचेतनामूलक कार्यक्रम लगायत सम्बन्धि निकायमा उजुरी गर्ने बानीको बिकास गर्न पनि जरुरी छ ।एकेन्द्र चन्द, डोटी

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.