समाजसेवी मल्लको आर्थिक सहयोगबाट विद्यालयमा अक्षयकोष स्थापना

sc mahendra

डडेल्धुरा: अमरगढी नगरपालिका– ९ मा रहेको आदर्श मणिलेख प्रावि लटसेरामा अक्षयकोष स्थापना गरिएको छ। विद्यालयको शैक्षिक स्तर बढाउनका लागि आर्थिक सहयोग पनि गरिएको छ।

समाजसेवी विनय प्रकाश मल्लको आर्थिक सहयोग र स्वतन्त्र युवा एकता टिम डडेल्धुराको समन्वयमा उक्त विद्यालयमा अक्षयकोष स्थापना गरिएको हो।

विद्यालयको स्तरोन्नति लागि ५५ हजार ५५५ रूपैयाँको अक्षय कोष स्थापना गरिएको स्वतन्त्र युवा एकता टिमका अध्यक्ष सुरत तमोलीले जानकारी दिए।

विद्यालयका प्रध्यानाध्यापक देवेन्द्र केसीले सात समुद्र पारी जापानमा श्रम गरी आर्जन गरेको केही रकम स्कूललाई सहयोग गरिदिएकोमा सामाजसेवी मल्ललाई धन्यावद दिए।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वरी भाट, तीर्थ झुकाल, प्रेम सार्की र वीरबहादुर ठकुराठी, शिक्षक, विद्यार्थी तथा अभिभावकको उपस्थिति रहेको थियो।

You might also like
Leave A Reply

Your email address will not be published.