डडेल्धुराको आलितालमा अरिंगालको टोकाइबाट एकजनाको मृत्यु

sc mahendra

डडेल्धुरा- डडेल्धुरामा अरिंगालको टोकाइबाट एकजनाको मृत्यु भएको छ।
जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर १ दुनि घर भएका ५० बर्षिय लक्ष्मण जोशीको सोमबार राती धनगढी बाट भारतको लखनउ लैजाने क्रममा बाटो मै मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ।
जोशी लामाे समय देखि व्यावसायिक रुपमा वाख्रापालन व्यवसाय गर्दैआएका थिए।
जोशि कार्तिक १२ गते बाख्रा चराउने क्रममा अरिंगालले टोकेर गम्भीर घाईते भएका थिए ।
कार्तिक १२ गते उनलाई उपचारका लागि नवजिवन अस्पताल धनगढीमा भर्ना गरिएकोमा त्यता उपचार सम्भव नभएपछी भारतको लखनउ रिफर गरिएकोमा बाटोमै मृत्यु भएको थियो।

You might also like
Leave A Reply

Your email address will not be published.