parwat hotel
Citizan

सुदूरपश्चिममा सत्ता साझेदार कांग्रेस-एमालेबीच राजनीतिक नियुक्तिमा सहमति

bhageswar small
alital janahit

धनगढी – सुदूरपश्चिम प्रदेशमा कार्यकाल समाप्त हुन लागेका विभिन्न पदहरूमा सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेले तत्काल नियुक्ति गर्ने सहमति गरेका छन्।

मुख्यमन्त्री कमलबहादुर शाहको सरकारी निवासमा बसेको सत्ता गठबन्धनको प्रदेशस्तरीय राजनीतिक संयन्त्रको बैठकमा यी नियुक्तिहरू भागबण्डाका आधारमा गर्ने निर्णय भएको हो। यसका लागि मुख्यमन्त्री शाह र एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावललाई जिम्मेवारी दिइएको छ।

glam &
Citizan
lali

बैठक नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरको अध्यक्षतामा बसेको थियो, जसमा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट, एमाले प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, मुख्यमन्त्री शाह, एमाले संसदीय दलका नेता रावललगायत नेताहरूको सहभागिता थियो।

प्रदेशस्तरीय अस्पतालका अध्यक्षहरूको कार्यकाल समाप्त हुनै लाग्दा सत्ता गठबन्धनले ती पदमा सहमतिमा नियुक्ति गर्ने तयारी गरेको हो। साथै, प्रदेश खेलकुद परिषद्, युवा परिषद्, पर्यटन विकास बोर्ड र प्रज्ञा प्रतिष्ठानका पदहरू पनि रिक्त हुने भएकाले तिनमा पनि भागबण्डाका आधारमा नियुक्ति गरिनेछ।

बैठकमा प्रदेश सरकारका काम कारबाहीलाई थप प्रभावकारी बनाउने विषयमा गहन छलफल भएको एमाले प्रदेश अध्यक्ष जैशीले जानकारी दिए। जनअपेक्षा र प्राथमिकताका आधारमा आगामी आर्थिक वर्षको बजेट निर्माण गर्ने विषय पनि बैठकमा छलफल गरिएको उनले बताए।

सत्तारूढ गठबन्धनबीच राजनीतिक नियुक्तिको विषयलाई लिएर कुनै असमझदारी नहोस् भन्ने उद्देश्यले बैठक आयोजना गरिएको थियो। कांग्रेस प्रदेश सभापति बलायरले सरकार सञ्चालनमा देखा पर्ने समस्या समाधान गर्न संयन्त्रको बैठक उपयोगी हुने बताए। साथै, उनले संसद् विकास कोष खारेज गर्नुपर्ने माग समेत राखे।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.