नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिममा नयाँ नेतृत्व चयन

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सुदूरपश्चिम प्रदेश अध्यक्षमा लालबहादुर खड्का चयन भएका छन्।

सुदूरपश्चिम प्रदेश अधिवेशनले सर्वसम्मत रूपमा खड्काको नेतृत्वमा नयाँ प्रदेश कमिटी चयन गरेको हो। अध्यक्ष खड्कासहित अन्य पदाधिकारीहरू पनि निर्वाचित भएका छन्।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

धन बहादुर बोहरा र शिव बहादुर कुँवर उपाध्यक्षमा चयन भएका छन् भने सुरेन्द्रमान कार्कीलाई सचिवको जिम्मेवारी दिइएको छ। यस्तै, उपसचिवमा गणेश साउद, राधिका अवस्थी र गोरख सार्की चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष खड्काले पार्टी संगठन सुदृढीकरण र प्रदेशको विकासका लागि सक्रिय रूपमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पार्टीलाई बलियो बनाउन कार्यकर्ताहरूलाई एकताबद्ध गर्दै अघि बढ्ने बताए।

सुदूरपश्चिम प्रदेशमा नेकपा (एकीकृत समाजवादी) को भूमिकालाई थप प्रभावकारी बनाउन नवगठित कमिटीले महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.