
धनगढी, — पश्चिम नेपालका विभिन्न स्थानहरूमा आज साँझ भूकम्पको हल्का धक्का महसुस गरिएको छ। स्थानीय समयअनुसार साँझ करिब ८ बजेर ८ मिनेट जाँदा भूकम्प गएको हो।

भूकम्पको केन्द्रबिन्दु अझै पुष्टि हुन बाँकी रहे पनि धक्का सुदूरपश्चिम प्रदेशका धनगढी, डोटी, बैतडी, डडेलधुरा तथा कर्णाली प्रदेशका सुर्खेत, दैलेख, जाजरकोट,कालिकोटलगायतका जिल्लामा महसुस गरिएको जनाइएको छ।


हालसम्म जनधनको क्षतिको कुनै विवरण प्राप्त भएको छैन।
