डडेल्धुरामा “ट्याक्टर बहस” कार्यक्रम सम्पन्न

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा, चैत २६ – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको नव-प्रवर्द्धनात्मक कार्य अन्तर्गत सडक सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले “ट्याक्टर बहस” कार्यक्रम सम्पन्न गरिएको छ।

हिजो(सोमबार)अमरगढी नगरपालिका–१ को सभाहलमा सम्पन्न उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराको संयुक्त आयोजनामा गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष श्री लोक बहादुर ऐरज्यू रहेका थिए भने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) सुगन्ध श्रेष्ठको उपस्थितिमा कार्यक्रम संचालन भएको थियो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी, सर्वसाधारण, ट्याक्टर चालक तथा सवारी साधनका धनीहरू सहभागी भएका थिए। कार्यक्रममा ट्याक्टरहरूबाट हुने सवारी दुर्घटनाका कारण, त्यसका समाधानका उपायहरू तथा सम्भावित न्यूनिकरणका उपायहरूमाथि आवश्यक छलफल तथा अन्तरक्रिया गरिएको थियो।

सडक दुर्घटनाबाट हुने धनजनको क्षति न्यूनीकरण गर्न प्रहरी प्रशासनको सक्रियता र स्थानीय समुदायको सहकार्य आवश्यक रहेको धारणा कार्यक्रममा सहभागी वक्ताहरूले व्यक्त गरेका थिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.