आज तीन संसदीय समितिको बैठक बस्दै

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

Dadeldhura Hospital

बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धमा खानेपानी मन्त्रालयबाट भएका कामकारबाही, कार्यप्रगति र अगामी आर्थिक वर्षको बजेट सम्बन्धमा मन्त्रालयको तयारीका विषयमा छलफल हुनेछ । बैठकमा खानेपानी मन्त्री प्रदीप यादवसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

त्यस्तै विधायन व्यवस्थापन समितिको बैठकमा संविधान अनुसार बन्न बाँकी कानुनहरूको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गर्ने कार्यसूची छ । बैठक दिउसो १ बजे सुरु हुनेछ ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि कर्मचारी ट्रेड युनियनसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठक दिउँसो साढे २ बजेका लागि बोलाइएको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.