डडेल्धुराको आलिताल गाउँपालिकामा निशुल्क आँखा शिविर, ८५८ जनाले पाए सेवा

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा — डडेल्धुराको आलिताल गाउँपालिकामा दुईदिने निशुल्क आँखा शल्यक्रिया शिविर सम्पन्न भएको छ। गोदामस्थित स्वास्थ्य चौकीमा जेठ १५ र १६ गते सञ्चालन भएको उक्त शिविरमा ८५८ जनाले सेवा लिएका छन्।

 

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

शिविरमा ११२ जनाको शल्यक्रिया गरी उपचार गरिएको छ भने ३३६ जनालाई चश्मा तथा आवश्यक औषधि वितरण गरिएको छ। अन्य सेवाग्राहीको सामान्य आँखाको परीक्षणपछि औषधि प्रदान गरिएको थियो।

उक्त शिविर आलिताल गाउँपालिका–८ को आयोजनामा च्यारिटी हेल्थ फाउन्डेसन नेपालको आर्थिक सहयोगमा तथा धनगढी नेत्रालय र श्रीकृष्ण आँखा अस्पतालको प्राविधिक सहकार्यमा सञ्चालन गरिएको हो।

शिविरका कारण धेरै बिरामीले राहत पाएको बताइएको छ। आर्थिक अवस्था कमजोर भएर घरमै आँखा रोग पालिरहेका स्थानीयलाई उपचार सेवा उपलब्ध भएपछि सहज जीवनयापनमा सहयोग पुगेको आलिताल गाउँपालिकाले जनाएको

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.