श्री दुर्गा माध्यमिक विद्यालयद्वारा अभिभावक सचेतना तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा — आलिताल गाउँपालिकास्थित अग्रणी शैक्षिक संस्था श्री दुर्गा माध्यमिक विद्यालयले शैक्षिक सुधारका लागि अभिभावक सचेतना तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।

 आज मंगलबार सम्पन्न कार्यक्रममा ब्यबस्थापन समितीका अध्यक्ष तथा वडा नं. ८ का अध्यक्ष धन बहादुर देउवाको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथि शिक्षा शाखा प्रमुख देवराज पन्त रहनुभएको थियो। कार्यक्रमका विशिष्ट अतिथि निवर्तमान शिक्षक अभिभावक संघका अध्यक्ष प्रेम बहादुर बिष्ट रहनुभएको थियो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

करिब ७० जना अभिभावकको उपस्थिति रहेको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मान बहादुर रावतले विद्यालयको शैक्षिक सुधारका लागि अभिभावकसँगको सहकार्य आवश्यक रहेको बताए। “शिक्षामा गुणस्तर वृद्धि गर्न शिक्षकको लगशिलता र मेहनतले मात्र नहुने भन्दै यसमा अभिभावकको पनि उत्तिकै जिम्मेवारी हुनु पर्ने बताए ।

Dadeldhura Hospital

प्रमुख अतिथि देवराज पन्तले अभिभावक, समुदाय र विद्यालयलाई विद्यार्थीको पहिलो, दोस्रो र तेस्रो पाठशाला भएको उल्लेख गर्दै पछिल्लो समय नैतिक मूल्य हराउँदै गइरहेको र युवा पुस्ता गलत दिशातर्फ उन्मुख भइरहेकाले यसको समाधान शिक्षक र अभिभावक मिलेर खोज्नु पर्ने आवश्यकता औँल्याए। “समाजमा भन्दा विद्यालयमा विविधता बढी पाइन्छ, त्यसैले अभिभावकहरुले अझ बढी चासो दिन जरुरी छ,” उनले भने।

कार्यक्रममा अध्यक्ष धन बहादुर देउवाले यस्ता कार्यक्रम विद्यालयले पहिलो पटक गरिरहेको बताउदै  यस्ता कार्यक्रमले विद्यालय र समुदायबीचको सम्बन्ध सुदृढ बनाउने विश्वास व्यक्त गरे।

विद्यालयमा धेरैजसो विद्यार्थी कमजोर शैक्षिक पृष्ठभूमिबाट आएका छन् भने अभिभावकहरू पनि शैक्षिक हिसाबले सीमित छन्। यस्ता सचेतनामूलक कार्यक्रमहरूले विद्यालयको समग्र सुधारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.