सुदूरपश्चिम प्रदेश सरकारको ३३ अर्ब ४७ करोडको बजेट सार्वजनिक

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा, असार १ – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।

 

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह थापाले आइतवार प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्। कुल बजेटमध्ये:

चालु खर्चतर्फ: १० अर्ब २० करोड ८१ लाख ८२ हजार (३०.४९%)

पुँजीगत खर्चतर्फ: १९ अर्ब ८३ करोड २ लाख ६ हजार (५९.२५%)

अन्तरवित्तीय हस्तान्तरण: ३ अर्ब ४२ करोड ७७ लाख (१०.२४%)

वित्तीय व्यवस्था: १ करोड रुपैयाँ विनियोजन गरिएको छ।

बजेटका स्रोतहरू

Dadeldhura Hospital

मन्त्री थापाका अनुसार आगामी खर्च बेहोर्न निम्न स्रोतहरू रहनेछन्:

आन्तरिक राजस्व: १ अर्ब ६५ करोड

नेपाल सरकारबाट राजस्व बाँडफाँट: ९ अर्ब ८७ करोड २५ लाख

संघीय रोयल्टी बाँडफाँट: ८ करोड

वित्तीय समानीकरण अनुदान: ८ अर्ब ९२ करोड ५६ लाख

अघिल्लो वर्षको बचत: ७ अर्ब ६६ करोड ६३ लाख

सशर्त अनुदान: ४ अर्ब १६ करोड ३० लाख

संघीय समपूरक अनुदान: ६० करोड २६ लाख

विशेष अनुदान: ५१ करोड ६० लाख

मन्त्री थापाले बजेटले प्रदेशको समावेशी, दिगो र समृद्ध विकासलाई प्राथमिकता दिने बताए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.