मर्मतको नाममा झन् जोखिममा भीमदत्त राजमार्ग

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : तराई र पहाडलाई जोड्ने लाइफलाइन भीमदत्त राजमार्ग मर्मतको नाममा झन् जोखिमपूर्ण र कष्टकर बनेको छ।

राजमार्गअन्तर्गत डडेल्धुराको मेलखर्क–साहुँखर्क, हगुल्टे लेक र कैलालीको बुढीतोला क्षेत्रमा पुरानो सडक खनेर लामो समयसम्म छाड्दा यात्रुले सास्ती खेपिरहेका छन्। ठेकेदार कम्पनीले मर्मत सुरु गरे पनि समयमा काम नसक्दा र ग्रावेल नहाल्दा सडक हिलाम्मे र खाल्डाखुल्डीले भरिएको छ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

Dadeldhura Hospital

सडकमा पानी जमेर खाल्डाखुल्डी गहिरिँदा सवारी आवतजावत झन् जोखिमपूर्ण बनेको छ। सवारी चालक करन दियाल भन्छन्, “बर्खामा यो सडक पार गर्नु भनेको गाडी बिग्रने वा फस्ने जोखिम खेल्नु हो।” अर्का चालक रमेश अवस्थी भन्छन्, “सडक खनेर छोडियो, ग्रावेल हालिएको छैन, अहिले झन् हिलो र फोहोरले यात्रु हैरान छन्।”

सडक डिभिजन कार्यालय कुलपाते डोटीअन्तर्गत पर्ने यस सडक खण्डको मर्मत दुई पटक टेन्डर भए पनि निर्माण कम्पनीले समयमै जिम्मेवारी पूरा नगरेको पाइन्छ। पटक–पटक गुनासोपछि सडक डिभिजनले केही ठाउँमा ग्रावेल हाल्न लगाएको भए पनि वर्षाले त्यो पनि हिलाम्मे भएको छ।

केही दिनअघि गृहमन्त्री रमेश लेखकको सुदूरपश्चिम भ्रमणका क्रममा हिलाम्मे ठाउँमा ग्रावेल हाल्न निर्देशन दिइए पनि स्थायी समाधान हुन सकेको छैन।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार समस्या समाधानका लागि निर्माण कम्पनी र सडक डिभिजनसँग समन्वय गरी केही ठाउँमा ग्रावेल हालिएको छ। “मुख्य राजमार्ग भएकाले तत्काल बाँकी काम सम्पन्न गर्न निर्देशन दिएका छौं,” प्रजिअ गौतमले बताए।

राजमार्गको समयमै गुणस्तरीय मर्मत नहुँदा यात्रु र सवारी चालक दुवैले दैनिक सास्ती खेप्न बाध्य छन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.