डडेल्धुरा — सुदूरपश्चिम प्रदेश अन्तर्गत डडेल्धुराको आलिताल गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को आफ्नो वित्तीय प्रगति विवरण सार्वजनिक गरेको छ।
द्दगाउँपालिकाले आर्थिक वर्षभरि सञ्चालन भएका चालु तथा पुँजीगत खर्चको प्रगति विवरण सार्वजनिकीकरण गरेको हो।
गाउँपालिकाले सार्वजनिक गरेको विवरण अनुसार चालु शीर्षकमा २९ करोड १५ लाख ७९ हजार ५०० रुपैयाँ बजेट छुट्याइएकोमा २६ करोड १२ लाख ८४ हजार ३ रुपैयाँ खर्च भएको छ, जसले ८९.६९ प्रतिशत खर्च प्रगति देखाउँछ। त्यस्तै पुँजीगत शीर्षकमा २१ करोड ७३ लाख ७५ हजार ५ सय रुपैयाँ बजेट मध्ये ४५ करोड ३२ लाख ८ हजार ११७ रुपैयाँ खर्च भई ८८.२९ प्रतिशत खर्च प्रगति भएको छ।
दुवै शीर्षकलाई जोड्दा गाउँपालिकाको कुल बजेट ५० करोड ८९ लाख ५५ हजार रुपैयाँ रहेकोमा हालसम्म ४५ करोड ३२ लाख ८ हजार ११७ रुपैयाँ खर्च भएको जनाइएको छ, जुन कुल बजेटको ८९.०४ प्रतिशत खर्च प्रगति हो।
आर्थिक प्रगति सार्वजनिक गर्दै गाउँपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नमा सहयोग गर्ने सम्पूर्ण निर्वाचित जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी तथा सरोकारवालाप्रति हार्दिक धन्यवाद समेत व्यक्त गरेको छ।
आलिताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र सिंह ठगुना हस्ताक्षरित सूचनामा आम नागरिकलाई समेत जानकारीका लागि यो विवरण सार्वजनिक गरिएको उल्लेख गरिएको छ।

