डडेल्धुराको आलितालमा हरितालिका तीज तथा गौरा पर्वको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम हुने

sc mahendra

डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिकाले हिन्दु धर्मावलम्बीहरूको महान चाड हरितालिका तीज तथा सुदूरपश्चिमेलीहरूको गौरापर्वको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ ।

गाउँपालिकाले जारी गरेको सूचना अनुसार भदौ ५ गते बिहान १० बजे गाउँपालिकाको प्राङ्गणमा विविध सांस्कृतिक कार्यक्रम हुने भएको हो ।

उक्त कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, सुरक्षा निकाय, स्थानीय संस्था, कर्मचारी, शिक्षक, सञ्चारकर्मी, महिला समूह, स्वास्थ्य स्वयंसेविका, संघ–संस्था तथा सम्पूर्ण आलितालबासीलाई उपस्थिति हुन आग्रह गरिएको छ ।

गाउँपालिकाले यस कार्यक्रमलाई पर्वको शुभकामना आदान–प्रदान तथा सांस्कृतिक विविधताको प्रदर्शन गर्ने अवसरका रुपमा लिएको छ ।

You might also like
Leave A Reply

Your email address will not be published.