श्रम संस्कृति पार्टीबाट डडेल्धुरामा मूर्तिकार पुन उम्मेदवार,समानुपातिकमा साउद

साउद सुदूरपश्चिम प्रदेशबाट समानुपातिकमा एकल सिफारिस,

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुरा : श्रम संस्कृति पार्टीको तर्फबाट डडेल्धुरामा राष्ट्रिय मूर्तिकार महेन्द्र पुन मगर उम्मेदवार बन्ने निश्चित भएको छ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उनी पार्टीका आधिकारिक उम्मेदवारका रूपमा प्रतिस्पर्धामा उत्रिन लागेका हुन्।
यसैगरी, डडेल्धुराबाटै समानुपातिकतर्फ प्रकाश साउद सिफारिस भएका छन्। डडेल्धुरा जिल्ला नेकपा एमालेका पूर्व अध्यक्षसमेत रहेका साउद सुदूरपश्चिम प्रदेशबाट एकल सिफारिसमा परेका हुन्। सामाजिक क्षेत्रमा राम्रो नाम कमाएका साउद पछिल्लो समय राजनीतिमा निष्क्रिय जस्तै देखिँदै आएका थिए। तर धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई अध्यक्ष रहेको श्रम संस्कृति पार्टीबाट उनी पुनः राजनीतिक यात्रामा फर्किएका हुन्।
पूर्व प्रधानमन्त्री शेरबहादुर देउबाको गृह जिल्ला डडेल्धुरामा यसपटक श्रम संस्कृति पार्टीले राष्ट्रिय पहिचान बनाइसकेका मूर्तिकारलाई उम्मेदवार बनाएको हो। आलिताल गाउँपालिका–३ चनाला स्थायी घर भएका महेन्द्र पुन मगर हाल श्रम संस्कृति पार्टीको सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी सम्हाल्दै आएका छन्।
पुन मगरले डडेल्धुराबाट आफ्नो उम्मेदवारी टुंगो लागिसकेको भए पनि सुदूरपश्चिमका अन्य जिल्लामा भने उम्मेदवार छनोटको प्रक्रिया जारी रहेको जानकारी दिएका छन्। उनका अनुसार हाल उनी बैतडी, दार्चुला, बझाङ र अछाममा संगठन विस्तारमा सक्रिय छन्। केही दिनभित्रै कैलाली, कञ्चनपुर तथा पहाडी जिल्लाहरूबाट पनि उम्मेदवार तय गर्ने तयारी भइरहेको उनले बताए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.