प्रधानमन्त्री बालेन्द्र शाह संसदमा अनुपस्थित भएपछि हर्क साम्पाङद्वारा संसद् बैठक बहिष्कार

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

१३ जेठ, । प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले संसद् बैठक बहिष्कार गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले आफूहरूले निरन्तर प्रधानमन्त्रीसँग जवाफ माग्दै आएको भन्दै सभामुख डोल प्रसाद अर्यालको ध्यानाकर्षण गराएका थिए।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

सभामुख अर्यालले यस विषयमा अघिल्लो दिन पनि छलफल भएको बताएका थिए। त्यसपछि साम्पाङले प्रधानमन्त्री बैठकमा उपस्थित हुनुपर्ने, अन्यथा आफूलाई नै बैठकबाट निकाल्नुपर्ने माग गरेका थिए।

प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ अनुसार प्रधानमन्त्री तथा मन्त्रीहरूले प्रतिनिधिसभामा उठेका प्रश्नको सात दिनभित्र जवाफ दिनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै साम्पाङले प्रधानमन्त्रीले उक्त व्यवस्था पालना नगरेको आरोप लगाए।

केहीबेर सवाल–जवाफ भएपछि साम्पाङ बैठक कक्षबाट बाहिरिएका थिए।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.