सम्पत्ति छानबिनबाट सफाइ पाउनेमा आशावादी : पूर्वगृहमन्त्री सुधन गुरुङ

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

२४ जेठ : पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङ ले आफ्नो सम्पत्तिबारे उठेका प्रश्नहरूको छानबिनबाट आफूले पूर्ण रूपमा सफाइ पाउने विश्वास व्यक्त गरेका छन्।

आइतबार रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले सार्वजनिक पदमा बसेपछि उठ्ने हरेक प्रश्नको जवाफ दिन आफू जिम्मेवार रहेको बताए। छानबिन प्रक्रियालाई सहज बनाउनकै लागि आफूले गृहमन्त्री पदबाट राजीनामा दिएको उनको भनाइ थियो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

गुरुङले छानबिन समितिले आफ्नो सम्पत्तिबारे विभिन्न कडा प्रश्नहरू सोधेको र ती सबैको स्पष्ट तथा तथ्यगत जवाफ दिएको दाबी गरे। उनले समितिको प्रतिवेदन अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मा पुगिसकेको जानकारी दिँदै अन्तिम नतिजा आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरे।

उनले आफू निर्दोष सावित भएमा सरकारले पुनः गृह मन्त्रालयको जिम्मेवारी दिन सक्ने संकेत गर्दै रोचक आग्रहसमेत गरे।
‘यदि समितिबाट सफाइ पाएर सरकारले मलाई फेरि गृहमन्त्री बनायो भने मन्त्रालयमा आएर बधाई दिने र तस्बिर खिच्ने कामका लागि सुरुका दुई महिना कोही नआइदिनुहोला,’ उनले भने, ‘म त्यो समय कामलाई प्राथमिकता दिन चाहन्छु।’

सम्बोधनका क्रममा उनले रास्वपाको संगठन विस्तार र भावी नेतृत्वको कार्यशैलीबारे पनि धारणा राखे। उनका अनुसार अब बन्ने जिल्ला नेतृत्व राजधानीकेन्द्रित नभई जनतासँग निरन्तर सम्पर्कमा रहने र स्थानीय तहमा सक्रिय रहने खालको हुनुपर्छ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.