आलितालमा विभिन्न पार्टी परित्याग गरि दर्जनौं कार्यकर्ता एमाले प्रबेश

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेलधुराको आलितालमा हिजो विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा दर्जनौं कार्यकर्ता प्रबेश गरेका छन । आलिताल वडा नं ७ ले आयोजना गरेको चुनाबी आमसभालाई सम्बोधन गर्न पुगेका पुर्व सुदुर पश्चिम भौतिक पुर्वाधार मन्त्री तथा नेकपा एमाले केन्द्रीय सदस्य पठान सिं बोहराले टीका लगाएर प्रबेश गराएका हुन । वडा नं ७ मा माओबादी केन्द्र तथा नेकपा माओबादी बिप्लबका नेता तथा कार्यकर्तालाई पार्टी प्रबेश गाराएका हुन । बिप्लब समुहका ७ नं वडा कमिटी इन्चार्ज धन बहादुर बोहरा लगाएत २० जना कार्यकर्ता पार्टी प्रबेश गरेका छन भने नेकपा माओबादी केन्द्रबाट १२ जना र समाजसेवि तथा पार्टी नखुलेका ३० जना नेकपा एमालेमा प्रबेश गरेको ७ न इन्चार्ज टेक राज भटटले जानकारी दिनुभयो । आलितालको एक मात्र महिला वडा अध्यक्ष पदको उमेदवार रहेको वडामा पार्टी प्रबेशको लहर देख्दा जनतामा नयाँ उत्साह रहेको देख्न सकिन्छ । वडा अध्यक्ष पदको उमेदवार रहेकि सुमित्रा भण्डारीले आफ्नो उम्मेद्बारीलाई आम वडा बासीले स्वगतयोग्य बताउदै सहयोग गर्ने वाचा बोलेको बताएका छन।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.