डडेलधुराको आलितालमा हिजो विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा दर्जनौं कार्यकर्ता प्रबेश गरेका छन । आलिताल वडा नं ७ ले आयोजना गरेको चुनाबी आमसभालाई सम्बोधन गर्न पुगेका पुर्व सुदुर पश्चिम भौतिक पुर्वाधार मन्त्री तथा नेकपा एमाले केन्द्रीय सदस्य पठान सिं बोहराले टीका लगाएर प्रबेश गराएका हुन । वडा नं ७ मा माओबादी केन्द्र तथा नेकपा माओबादी बिप्लबका नेता तथा कार्यकर्तालाई पार्टी प्रबेश गाराएका हुन । बिप्लब समुहका ७ नं वडा कमिटी इन्चार्ज धन बहादुर बोहरा लगाएत २० जना कार्यकर्ता पार्टी प्रबेश गरेका छन भने नेकपा माओबादी केन्द्रबाट १२ जना र समाजसेवि तथा पार्टी नखुलेका ३० जना नेकपा एमालेमा प्रबेश गरेको ७ न इन्चार्ज टेक राज भटटले जानकारी दिनुभयो । आलितालको एक मात्र महिला वडा अध्यक्ष पदको उमेदवार रहेको वडामा पार्टी प्रबेशको लहर देख्दा जनतामा नयाँ उत्साह रहेको देख्न सकिन्छ । वडा अध्यक्ष पदको उमेदवार रहेकि सुमित्रा भण्डारीले आफ्नो उम्मेद्बारीलाई आम वडा बासीले स्वगतयोग्य बताउदै सहयोग गर्ने वाचा बोलेको बताएका छन।