Citizan

शिक्षा,स्वास्थ,रोजगारी र भ्रष्टाचारको मुद्दा बोकेर स्वतन्त्र उमेदवार खड्का जनताको घर दैलोमा (भिडियो सहित)

Chure
lali

दिनेश जोशी बैशाख ६ , डडेलधुराको आलिताल गाउँ पालिकामा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेद्बारी दिने तयारी गरि रहेका टेक खड्काले आफ्नो राजनितिक भेटघात तिब्र बनाएका छन । उनी अहिले पालिकाका विभिन्न वडा बस्तिका गाउँ हरुमा घर दैलो कार्यक्रम नै गरिरहेका छन । शिक्षा ,स्वास्थ ,रोजगारी र भ्रस्टाचार नियन्त्रणका मुख्य एजेन्डा बोकेर उनी गाउँ बस्ती चाहारीरहेका छन । राजनिती दलहरुले जनतामा वितृष्णा पैदा गरेको भन्दै उनले अब नागरिक स्वतन्त्र भएर लाग्न आग्रह समेत गरेका छन । राजनितिक दलहरुको एजेन्डा राम्रा भएता पनि कार्यन्वयनको पक्ष फितलो भएको भन्दै तेस्लाइ आफुले पुर्णत: लागू गर्ने उनको भनाइ छ । उनले जनतालाइ भनेका छन देशमा धेरै भ्रष्टाचार भएको छ तेस्लाइ रोक्न अनि त्यो रकमले देशको बिकास गर्न आफ्नो उम्मेद्बारी रहेको बताएका छन । गाउँ गाउँमा सडक ,स्कुलका ठुलो ठुलो भवन भएता पनि यस्को गुणस्तर निकै कमजोर भएकाले यस्लाइ सुधार गर्न आफु संग योजना भएको बताएका छन । केही बर्ष अमेरिका समेत बसेका युवा नेता खड्का जनताको घर दैलोमा नै गएर आफ्नो कुरा राख्न थाले पछि जनता पनि खुसी भएका छन ।भिडियो ……https://youtu.be/y1SnJBn2U1s

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.