भूकम्पका कारण आलितालमा पनि एक घर चर्कियो

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

असोज १७ – बझाङ केन्द्र बिन्दु बनाएर आएको भूकम्पका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा ठूलो मात्रामा भौतिक क्षति भएको छ।

भूकम्पका कारण बझाङको तलकोट गाउँपालिकामा क्षति पुगेको छ। सोही गाउँपालिकाको १ नम्बरको सुनिकोटको वडा कार्यालय भवन लगाएत डडेल्धुराका आधा दर्जन बढी घरमा क्षति पुगेको छ। जिल्ला सदरमुकाम अमरगढी नगरपालिकाको एक, गन्यापधुरा गाउँपालिकाका दुई र नवदुर्गा गाउँपालिकाका चारवटा घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। भने भर्खरै प्राप्त भएको खबर अनुसार आलिताल गाउंपालिकामा पनि एक घरमा क्षति पुगेको छ । पालिकाको वडा न. ६ खेतेचौरका धन बहादुर कुवरको घरमा क्षति पुगेको पालिका अध्यक्ष शेर सिं पार्कीले जानकारी दिएका छन् । घर चर्केर जोखिममा रहेको उनले बताए ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

त्यसैगरी बाजुरा जिल्लाको बुढिगंगा नगरपालिकामा रहेको महेन्द्र आधारभूत विद्यालयको स्टोर कक्ष भत्किएको छ। भूकम्पका कारण थुप्रै घरहरुमा क्षति पुगेको र त्यसको आधिकारीक विवरण भने आउन बाँकी रहेको छ।

भूकम्पपछिको पहिरोमा परेर बझाङमा एक महिलाको मृत्यु

विद्यार्थीलाई चौरमा निकाल्दा जोगीयो मानवीय क्षति

भूकम्पले सुदूरपश्चिममा भौतिक क्षति

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.