

डडेल्धुरा आलिताल गाउंपालिका अध्यक्ष बल बहादुर गुरुंगले प्रयोग गर्दै आएको गाडी गाउँपालिका कार्यालयलाई बुझाइएका छन् ।
गुरुंगले आफुले प्रयोग गर्दै आएको बा.२ झ ३८५० नम्बरको जिप प्रशासकिय अधिकृत इन्द्र रावललाई चाबी बुझाएका हुन् ।
निर्वाचन आयोगको निर्देशन अनुसार स्थानीय तहको निर्वाचनमा राजनीतिक दलले आफ्नो चुनावी प्रचारप्रसारमा सरकारी सवारी साधन प्रयोग गर्न नपाउने निर्णय गरेको थियो ।
चुनाव लक्षित आचारसहिंता लागू भइसकेकाले कुनै पनि राजनीतिक दलका प्रतिनिधि तथा चुनावमा प्रचार प्रसार कार्यक्रमका लागि सरकारी सवारी साधनको प्रयोगमा रोक लगाइएको निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा समेटेको छ ।
