parwat hotel
Citizan

उम्मेदवार बन्न आलिताल गाउंपालिका ६ का वडाध्यक्ष बुढाले दिए राजीनामा

bhageswar small
alital janahit
lali

९ वैशाख, आलिताल। डडेल्धुराको आलिताल गाउंपालिका वडा नम्बर ६ का वडाध्यक्ष कुम्भर बुढाले राजीनामा दिएका छन् ।

३० वैशाखमा हुने स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिन भन्दै उनले शुक्रबार राजीनामा दिएका हुन् । उनले लिखित रुपमा राजीनामा पत्र लेखेर गाउंकार्य पालिकाको कार्यालयमा बुझाएको जानकारी दिए । राजीनामा दिएसँगै बुढालाई वडाध्यक्ष पदमा उम्मेदवारीका लागि बाटो खुलेको छ ।
उनि संगै वडा सदस्य डम्मर कार्की र वडा सदस्य गंगा वलिले पनि राजिनामा बुझाएका छन । आउँदै गरेको स्थानीय तह निर्वाचनमा बहालवाला जनप्रतिनिधिले राजीनामा दिए मात्र उम्मेदवार बन्न पाउने प्रावधान छ । अघिल्लो चुनावमा उनी नेकपा एमालेबाट विजयी भएका हुन् ।

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.