Citizan

परशुराम एमालेद्वारा”समृद्धि समानता सफल राष्टको आधार,परशुराम नगरमा एमालेको सरकार”भन्ने मुल नारा सहित चुनाबी घोषणा पत्र जारी

suchana alital
Chure
lali

नेकपा एमाले परशुरामले आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि तयार पारीएको चुनावी घोषणा–पत्र सार्वजनिक गरेको छ ।
‘‘समृद्धि समानता सफल राष्टको आधार परशुराम नगरमा एमालेको सरकार, भन्ने मुल ध्येयका साथ प्रतिबद्धता पत्र सार्वजनिक गरिएको हो ।
नेकपा एमाले परशुराम नगर कमिटि अध्यक्ष्य ओम प्रकास जोसीको अध्यक्ष्यतामा बसेको एमाले नगर कमिटिको पुर्ण बैठकले प्रतिवद्धता–पत्र सार्वजनिक गरेको नगर कमीटी सचिब मान बहादुर बोहराले जानकारी दिए ।
नेकपा परशुरामका नगर कमीटी निर्वतमान नगर अध्यक्ष्य शेरसिह ठगुन्नाले प्रतिवद्धता–पत्र पढेर सुनाएका थिए ।
एमाले परशुरामले सार्वजनिक गरेको प्रतिवद्धता–पत्रमा विगतमा एमाले सरकारले गरेको काम र अब चुनाव जितेपछि गर्ने कामका विषयवस्तु समेटिएका छन् ।
प्रतिवद्धता–पत्रमा आगामी ५ वर्षका लागी निति, कानुन तथा योजना तर्जुमा एवम् कार्यान्वयन, शिक्षा, स्वास्थ्य क्षेत्र , कृर्षि,पशुपालन, वन बातावरण तथा विपद व्यवस्थापन, भौतिक पुर्वधार, विकास र्निमाण, धार्मिक तथा पर्यटन क्षेत्र ,कला संस्कृत, पुरात्वत्तिक सम्पदा सामाजिक विकास तथा शान्ती सुरक्षा कार्यक्रम, आर्थिक समृद्वि, फोहरमैला व्यवस्थापन र स्वच्छ र सरसफाई उज्यालो नगर र आधुनिक उर्जा आवासको व्यवस्था गाउँ–गाउँमा सहकारी घर–घर–घरमा भकारी, भुमि व्यवस्था , युवा तथा खेलकुद, स्थानिय स्रोत साधन तथा राजस्व बृद्वि तथा परिचालन र व्यवस्थापन, स्थानिय अभिलेखीकरण तथा प्रबिधिमैत्री सुचना प्रणाली, मेलमिलाप तथा न्याययुक्त पालिका जनमुखी वडा र नगर सेवा प्रवाह, संस्थागत संरचना सुशासन र जनशक्ती व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह लगायतका आगामि ५ वर्षको लागी पार्टीको प्रतिबद्धता–पत्रमा उल्लेख गरिएको छ ।
एमालेको परशुराम सरकार वनाउने लक्ष्यका साथ एमालेले प्रतिबद्वता–पत्र सार्वजनिक गरेको नगर अध्यक्ष ओम प्रकास जोशीले जानकारी दिए ।

Jorayal
Tarkari
You might also like
Leave A Reply

Your email address will not be published.