आलितालमा एमालेले पालिका अध्यक्षको उम्मेद्बारी टुंगो लगायो:मीन बोगटी सिफारिस

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा  : डडेल्धुरा को आलितालमा एमालेले पालिका अध्यक्षको उम्मेद्बारी टुंगो लगाएको छ । डडेलधुराको आलिताल गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष पदमा मीन बहादुर बोगटीलाई सिफारिस गरेको हो । आलिताल गाउँपालिका वडा न १ हर्तोला घर भएका समाजसेवी बोगटीलाई एमाले जिल्ला कमिटीले सिफारिस गरेको हो ।

Dadeldhura Hospital

एमालेबाट अध्यक्ष पदका लागि दुई जना आकांक्षि रहेका थिए ।  आलिताल एमाले गाउँ कमिटी अध्यक्ष अमर पुन र बोगटी रहेका थिए । बोगटी नेकपा एमाले जिल्ला कमिटीको सह सचिव पनि हुन भने यो भन्दा अगाडि आलिताल गाउँ कमिटी सयोजक समेत भइसकेका छन । यस्तै उपाध्यक्षमा शान्ती भट्ट(जोशी)लाई सिफारिस गरेको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

गत २०७४ को स्थानिय निर्वाचनमा मुख्य प्रतिस्पर्धा गरेका एमालेको तर्फबाट तुलाराम बोहराले १८५५ मत ल्याएका थिए भने माओबादी तर्फका उमेदवार जगत पार्कीले २०९८ मत प्राप्त गरेका थिय तेस्तै नेपाली काङ्ग्रेसका बल बहादुर गुरुङले २२६१ मत ल्याएर बिजयी भएका थिए ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.