समाजबादिबाट परशुरामको मेयरमा प्रेम धामी र उपमेयरमा कमला बिष्ट चुनाब लड्ने

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुराः नेकपा (एकीकृत समाजवादी) ले डडेल्धुराको परशुराम नगरपालिकाको नगरप्रमुख र उपप्रमुखको उम्मेदवार छनौट गरेको छ ।

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एकिकृत सामाजवादीले परशुरामको नगरप्रमुखमा प्रेमबहादुर धामी र उपप्रमुखमा कमला बिष्ट धामीलाई सर्वसम्मत उम्मेदवार बनाएको हो।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

धामी पार्टीका नगर अध्यक्ष र कमला नगर उपसचिव हुन्। उम्मेदवारी टुंग्ल्याएसँगै समाजवादीले परशुराम नगरपालिकामा चुनावी अभियानमा पनि तीव्रता दिएको छ।

Dadeldhura Hospital

यसअघि नेकपा माओवादी केन्द्रले परशुरामको प्रमुख र उपप्रमुखका लागि सर्वसम्मत उम्मेदवार टुंगो लगाइसकेको छ। उसले नगर प्रमुखमा शेरसिंह माल ‘डायमण्ड’ र उपप्रमुखमा विमला महतालाई अघि सारेको छ।

जिल्लाकै बढी जनसंख्या र मतदाता रहेको परशुराममा अरु पार्टीले उम्मेदवार छान्न सकेका छैनन्। अन्य पार्टीमा धेरै जनाले आकांक्षा व्यक्त गरेका छन्। कांग्रेसबाट ५ जना नगरप्रमुख र ४ उपप्रमुखमा आकांक्षी देखिएका छन्।

नगर प्रमुखका लागि हालका मेयर तथा जिल्ला सभापति भीमबहादुर साउद, कांग्रेस प्रदेशसभा क्षेत्र (क) का सभापति कैलाशकुमार पाण्डेय, कांग्रेस परशुराम नगरसभापति भरत वडायर जोशी, पूर्व जिल्ला कार्यसमिति उप–सभापति धर्मानन्द भट्ट र परशुराम–१२ का वडाध्यक्ष गणेशप्रसाद जोशीले दाबी गरेका छन्।

यस्तै, उपप्रमुखमा हालका उपमेयर कलावती देवी बोहरा, कांग्रेस महाधिवेशन प्रतिनिधि राजु भट्ट (जोशी), जिल्ला कार्यसमिति सदस्य बसन्ती र गोपा थापा आकांक्षी देखिएकी छिन्।

नेकपा एमालेबाट पनि नगरप्रमुख र उपप्रमुख लागि ३/३ जनाले इच्छा व्यक्त गरेका छन्। जसमा अघिल्लो चुनावमा एमालेबाट निर्वाचित वडा नं. ७ का अध्यक्ष केशवसिंह बोहरा, राष्ट्रियसभा सदस्य चक्रप्रसाद स्नेही र ओमप्रकाश जोशी छन्। स्नेहीको राष्ट्रियसभा सदस्यको कार्यकाल गत फागुन २० गते सकिएको थियो। उपप्रमुखका गोमती पन्त, कलावती भट्टराई र रंगादेवी जाग्री छिन्।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.