आलितालमा नेपाली कांग्रेसको पुरानै अनुहारको उम्मेद्बारी:अध्यक्षमा गुरुङ उपाध्यक्षमा बोगटी

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : नेपाली कांग्रेस आलितालले यस पटकको स्थानिय  तहको निर्वाचनमा पुरानै अनुहारलाई दोहोर्याउने भएको छ  । अध्यक्ष पदका लागि बल बहादुर गुरुङ र उपाध्यक्षको लागि जला कुमारी बिष्ट बोगटी लाई नै पुन: चुनाबि मैदानमा उतार्ने भएको हो ।

२०७४ को निर्वाचनमा गुरुङ र बोगटी लाई आलिताल गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा बिजयी भएका थिए ।गुरुङले मुख्य प्रतिस्पर्धि माओबादीका जगत पार्कीलाई १ सय ६३ मतान्तरले बजयी हासिल गरेका थिय भने उपाध्यक्ष बोगटीले माओबादिकै शुशिला खत्रीलाई २ सय ५८ मतले पछि पार्दै बिजयी हासिल गरेका थिय ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा
Dadeldhura Hospital

जिल्लाले पालिका स्तरमै उमेदवार को टुंगो लगाउन भनि निर्देशन गरेको थियो तर पालिकामा छलफल पछि अर्का अध्यक्ष पदका दाबेदार धन बहादुर देउवाले पालिका अध्यक्षको पदका लागि आफ्नो अडान नछोडे पछी छलफलको लागि हिजो शनिबार जिल्ला बोलाइएको थियो । जिल्लामा भएको छलफल बाट प्राप्त सुचना अनुसार देउवा लाई आलिताल गाउँपालिका कै वडा नं ८ को अध्यक्ष पदको लागि पठाउने निर्णय गरेको बताइएको छ ।

वडा नं १ बाट गम्भीर बोहरा,३ बाट टेकराज पाण्डे,४ बाट चन्द्रदेव बोहरा, ६ बाट राम कुँवर, ७ बाट टेक बहादुर रोका र ८ बाट धन बहादुर देउवा को उमेदवारी मा टुङ्गो लगाएको पार्टी सभापति चन्द्र देब बोहराले बताएका छन् ।

अन्य वडाहरुमा भने उमेदवारको टुङ्गो नलागेको र छलफल भइरहेको उनले बताए छन ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.