डडेलधुराको आलिताल गाउँ पालिका वडा नं ६ मा नेपाली काङ्ग्रेसबाट वडा अध्यक्ष पदमा राम कुवरलाई सिफारिस गरेको छ । आलिताल गाउँ पालिका वडा न ६ बाट युवा नेता तथा समाजसेवी कुवरलाई अध्यक्षमा सिफारिस गरेको हो । उक्त वडामा २०७४ को स्थानिय निर्वाचनमा एमालेका कुम्भर बुढा बिजयी भएका थिए । एस पटक पनि अध्यक्षका एक कार्यकाल बिताइ सकेका बुढा एमालेबाट चुनाबी मैदानमा छन । नेपाली काङ्ग्रेस आलिताल गाउँ कमिटी सचिव समेत रहेका युवा नेता कुवर पहिलो पटक चुनावी मैदानमा होमिएका छन । राजनितीमा छिट्टै पहिचान बनाएका कुवर यस पालिको चुनाबमा आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन।