डडेल्धुरा : डडेलधुराको आलिताल गाउँ पालिका वडा नं ७ बाट महिलाले अध्यक्ष पदमा उम्मेद्बारी दर्ता गराएका छन । शैक्षिक गुणस्तर सुधारको एजेण्डा बोकेर आलिताल ७ मेलगाजाकी सुमित्रा भन्डारी (साउद) ले नेकपा एमाले पार्टीबाट वडा अध्यक्ष पदमा उम्मेद्बारी दर्ता गराएका हुन । बिगत १० बर्ष देखि अध्यापन पेशामा आवद्ध उनि आलिताल गाउँपालिकाको वार्ड नं ७ को अध्यक्ष पदको लागी यतिबेला चुनावी मैदानमा छिन् ।
उनिसँगै सदस्यमा पुरुष तर्फ शिब साउद, मान बहादुर बुढा क्षेत्री , महिला तर्फ जन्तरा धानुक महिला दलित तर्फबाट बिस्ना देबि कामीले उमेदवारी मनोनयन दर्ता गराएका छन् ।