आलितालमा नेपाली काङ्ग्रेसबाट गुरुङ र बोगटीको पुनः उम्मेद्बारी

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : नेपाली काङ्ग्रेस आलिताल गाउँपालिकाका उमेदवारहरुले मनोनयन  दर्ता गरेका छ्न। यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काङ्ग्रेसका तर्फबाट गाउँपालिका अध्यक्ष पदका लागि बल बहादुर गुरुङ र  उपाध्यक्ष पदका लागि जला कुमारी बिष्ट (बोगटी)ले उम्मेदवारी दर्ता गरेका छ्न।

Dadeldhura Hospital

यसै गरि आलिताल गाउपालिकाका जम्मा आठ वटै  वडाका अध्यक्षहरु लगायत सदस्य पदका उम्मेदवारहरुले पनि आज उम्मेदवारी दर्ता गरेका छन । ५ नम्बर वडाको अध्यक्षको उम्मेदवारका लागि सहमती हुन नसके पछि छलफलमै रहेको नेपाली काङ्ग्रेसले आज टुंगो लगाएको प्रचार प्रसार समिति आलितालका प्रमुख चन्द्रदेब बोहराले बताएका छ्न। उनका अनुसार  वडा नम्बर १ का लागि  गम्भीर सिंह  बोहरा,२ का लागि प्रमोद मल्ल,३ का लागि  टेकराज पाण्डे,४ का लागि  चन्द्रदेव बोहरा, ५ का लागि चन्द्रदेब बिष्ट ,६ का लागी राम बहादुर कुँवर, ७ का लागि टेक बहादुर रोका र ८ नम्बर वडामा धन बहादुर देउवा गरि आठ वटै वडा अध्यक्षहरुले उम्मेदवारी दर्ता गरेका हुन।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

निर्वाचन आयोगले देशभर मनोनयन दर्ताको समय वैशाख ११ र १२  गते गरि दुई दिन राखेको थियो। आज उम्मेदवारी दर्ताको अन्तिम दिन हो ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.