डडेलधुरा आलिताल गाउँ पालिका वडा नं ५ मा नेपाली काङ्ग्रेसबाट वडा अध्यक्ष पदमा चन्द्र बहादुर बिष्टले उम्मेद्बारी दर्ता गरेका छन । पालिका वडा न ५ बाट युवा नेता तथा समाजसेवी बिष्टलाई पार्टीले आज मात्र सिफारिस गरेको हो । उक्त वडामा काङ्ग्रेसका अर्का नेता कृष्ण बोहराले पनि उमेदवारको चासो देखाए पछि उम्मेद्बारी कसलाइ दिने भन्ने बिषयमा छलफल गरि टुंगो लगाउन समय लागेको एक नेताले बताए । बिष्ट राजनितिमा पहिलो पटक चुनाबी मैदानमा आएका छन ,उनले भनेका छन , २०७४ को स्थानिय निर्वाचनमा एमालेका प्रकाश बोहरा बिजयी भएका थिए ।एस पटक पनि अध्यक्षका एक कार्यकाल बिताइ सकेका बोहरा एमालेबाट चुनाबी मैदानमा छन । भने माओबादीबाट डम्मर ढांट चुनाबी मैदानमा छन ।