आलितालमा स्वतन्त्र उम्मेद्बारी दिएका खड्कालाई उम्मेद्बारी फिर्ता लिन दबाब

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेलधुराको आलिताल गाउँ पालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्बारी दर्ता गराएका उमेदवारलाई फिर्ता गर्न दबाब आएको बताइएको छ ।
स्वतन्त्र उम्मेद्बारी दिएका टेक खड्कालाई नेपाली काङ्ग्रेसका केही नेता हरुले उम्मेद्बारी फिर्ता लिन दबाब दिएको खड्काले बताए। उनले भने उम्मेद्बारी फिर्ता लिन भनी नेपाली काङ्ग्रेसका नेताहरुले आग्रह गरेता पनि आफुले उम्मेद्बारी फिर्ता नलिने अडान गरेका छन । उनले थपे मैले उम्मेद्बारी फिर्ता लिन उम्मेद्बारी दर्ता गरेको होएन मेरो आफ्नै चुनाबी एजेन्डा छ ,तेहि एजेन्डा बोकेर चुनाव लड्ने हो ,चुनाव हराउने र जिताउने जनताले हो ।आलिताल गाउँ पालिकाबाट नेपाली काङ्ग्रेसका बल बहादुर गुरुङ गुरुङ चुनाबी मैदानमा छन । गुरुङको आधार इलाका मानिने वडा नं १ बाट नै स्वतन्त्र उम्मेद्बारी दिएका खड्काको घर हो । तेसैले पनि गुरुङको मत बाडिने पक्का अनुमान छ ।उसो त नेकपा एमालेको पालिका अध्यक्षको उम्मेद्बारी पनि वडा नं १ बाटै मीन बोगटीको छ ।निर्वाचन आयोगको सुचन अनुसार आज ५ बजे सम्म उम्मेद्बारी फिर्ता लिन सकिने समय तोकेको छ ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.