

डडेल्धुराको आलिताल गाउँपालिकामा प्रेम घर्तीमगर सहित१० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । १० जना मध्ये ३ वडा अध्यक्षका उम्मेदवार रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ७ नम्बर वडा अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएका प्रेमबहादुर घर्तीमगर, नेकपा एसबाट १ नम्बर वडाका लागि अध्यक्षकै उम्मेदवारी दिएका मोहन रोकाय, नेकपा एसकै ४ नम्बरको अध्यक्षका लागि उम्मेदवारी दिएका लालबहादुर बोहराले उम्मेदवारी फिर्ता दिएको जनाएको छ ।
१ सय ५७ उम्मेदवारी परेकोमा १० जनाले फिर्ता लिएपछि १ सय ४७ चुनावमा जाने भएका छन् ।
अरु को को छन् फिर्ता लिनेमा
