स्वतन्त्र उम्मेद्बार खड्काको प्रतिबद्धता पत्र :भ्रष्टाचार नियन्त्रण देखि लोकल मदिरालाई ब्रान्ड गर्ने सम्म
डडेलधुरा आलिताल गाउँ पालिका स्वतन्त्र उम्मेद्बारी दिएका टेक बहादुर खड्काले आफ्नो चुनाबी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन । उनले आफ्नो प्रतिबद्धता पत्र ६ बुदामा समेटेका छन् । यस्तो छ उनले जारी गरेको प्रतिबद्धता पत्र । प्रतिबद्धताहरु चुनावी एजेण्डा मात्र होइनन्। इमान्दारिताका साथ म यहाँ गरेका प्रतिबद्धतामा काम गर्न प्रतिबद्ध हुनेछु।
१. भ्रष्टाचार नियन्त्रण र शुसासन :-
भ्रस्टाचार नियन्त्रणका लागि शुन्य सहनशीलताको निती अबलम्बन गरिनेछ। भ्रस्टचार सम्बन्धी मुद्दाहरुको उजुरी गर्न बिशेष हटलाइन बनाइनेछ। हरेक वडामा गुनासा पेटिकाबाट भ्रष्टाचारका गुनासालाई प्राथमिकता दिई सो सम्बन्धी छानबिन गर्न पालिका स्तरमा विशेष टिम तयार गरिनेछ।
पालिकामा हुने हरेक योजनालाई पारदर्शी बनाउदै सार्वजनिक बिकासका काममा हुने ढिलासुस्ती र अनियमिततालाई कम गर्न बिशेष योजना ल्याइनेछ ।
पालिकामा हुने अनाबश्यक खर्च नियन्त्रण गरी मितब्ययी र पारदर्शी बनाइनेछ ।
कार्यालय समयमा नागरिकलाई प्रदान गरिने सेवालाई छिटो छरितो प्रदान गर्न बिशेष योजना ल्याइनेछ। निश्चित समय तोकी सेवा प्रबाह गरिनेछ । निश्चित समय भित्र सेवा उपलब्ध नभए उजुरी गर्न सकिने ब्यबस्था गरिनेछ ।
१५ दिनमा १ दिन नागरिकका गुनासा सुन्नका लागि नियमित रुपमा पालिका अध्यक्षसँग भेटघाटको लागि समय छुट्याइनेछ ।
२. शिक्षा र खेलकुद:-
बिद्यालयमा शिक्षाको स्तर वृद्धि लागि बिशेष योजना बनाइनेछ । शैक्षिक सुधारका लागि १ बर्षे ३ बर्षे र ५ बर्षे योजना बनाई प्राथमिकताका साथ शिक्षाको स्तर वृद्धिगरी कम्तिमा स्थानिय (बोर्डिङ स्कुल) प्राइभेट शिक्षा भन्दा गुणस्तरीय र निशुल्क शिक्षा उपलब्ध गराउने अबधारणा बनाइ काम गरिनेछ ।
हरेक वडामा खेलकुद स्थल निर्माण गरी युवाहरुलाई खेलकुदमा सङ्लग्न गराउन समय समयमा बिभिन्न खेलकुद गतिबिधी गराइनेछ ।
३. स्वास्थ :-
१ पालिका १ अस्पतालको अबधारणा अनुरुप निर्माण हुने अस्पताल लाई सेवामुखी, गुणस्तरीय, सस्तो र सुलभ बनाउन बिशेष योजना बनाई प्रदेशमै गुणस्तरीय र सेवामुखी नमुना अस्पताल बनाउन बिशेष पहल गरिनेछ ।
साथै बिरामीहरुका लागी प्रयोग भैरहेका एम्बुलेन्स सेवा पनि पूर्ण रुपले निशुल्क उपलब्ध गराइनेछ । वडा तथा पालिकाबाट उपलब्ध गराउनु पर्ने सम्पूर्ण सिफारिसहरु निशुल्क उपलब्ध गराइनेछ ।
त्रैमासिक रुपमा ७० बर्ष माथिका नागरिकहरुलाई निशुल्क स्वास्थ्य परीक्षण घरमै गएर गरिने ब्यवस्था गरिनेछ ।
युवाहरुलाई कुलतबाट जोगाउन मदिराजन्य पदार्थको बिक्री बितरण र प्रयोगलाई ब्यबस्थित गरिनेछ साथै मदिराजन्य, सुर्तिजन्य पदार्थलाई बालबालिकाको पहुचबाट टाढा राख्न बिशेष निती बनाइ कार्यान्वयन गरिनेछ ।
४. कृषि र स्वरोजगार:-
कृषिको बजारीकरण लागि स्थानिय सरकारले योजना बनाउनेछ जसबाट कृषकलाई उत्पादन मुखी कृषिमा आकर्षण गराई कृषिको माध्यमद्वारा बेरोजगारी कम गर्न सहयोग पुग्ने गरी काम गरिनेछ । युवाहरुलाई स्वरोजगार बनाउन अन्य पहल गरिनेछ ।
स्थानिय उत्पादन लाई बिशेष प्राथमिकता दिदै त्यस्को बजारिकरणका लागि स्थानिय सरकारले सहयोग गर्नेछ ।
पालिकाभरी रहेका सम्पूर्ण ब्यक्तिहरुको तथ्याङ्क सङ्कलन गरिनेछ । उमेर समुह, आयस्तर, बैदेशिक रोजगार, शैक्षिक बेरोजगार, अन्य बेरोजगार, अपाङ्गता, बालबालिका सबैको तथ्याङ्क सङ्कलन हुने गरी कम्प्युटरको माध्यमद्वारा सहज रुपमा उपलब्ध हुने गरी सिस्टम बनाइनेछ ।
५. पर्यटन र पर्यावरण:-
आलिताललाई पर्यटकिय स्थलको रुपमा बिकास गर्नका लागि मगर संस्कृति,डोटेली संस्कृती र विभिन्न जात जातीका संस्कृतीलाई आलितालसंग जोडेर बिशेष कार्यक्रम बनाइनेछ । आलितालभित्र रहेका बिभिन्न पर्यटन स्थल झरना ताल देवस्थल र ऐतिहासिक सम्पदाको सुची बनाइ संरक्षण गरिनेछ । जाँत मेलाहरु ब्यबस्थित गरी सन्चालन गरी प्रबर्धन गरिनेछ ।
मगर संस्कृतिलाई सुदुरपश्चिम भरी पहिचान हुने गरी बिशेष कार्यक्रम तयार गरिनेछ। लोकल रक्सिलाई ब्रान्डिङ गर्न पहल गर्दै स्थानिय हरुको आयआर्जनमा सहयोग पुग्ने बिशेष योजना निर्माण गरिनेछ। मगर सङ्ग्रालय स्थापना गर्दै होमस्टेको माध्यमद्वारा आयस्तर वृद्धि गरिनेछ ।
दिनानुदिन भैरहेको बनजंगलको बिनास, पानीको श्रोतहरुको क्षयिकरण रोक्नका लागि बिशेष योजना बनाइ बन फडानी रोक्न र खानेपानीका मुलहरुको संरक्षण गर्नको लागि काम गरिनेछ ।
बिस्वब्यापी चुनौतिको रुपमा रहेको जलवायु परिवर्तन लाई मध्यनजर गर्दै जलवायु परिवर्तन सम्बन्धी आवस्यक नीति LDCRMP तथा बिपत ब्यपस्थापन योजना बनाइ बिपत जोखिम न्यूनीकरण गरिनेछ । बिकास निर्माणका कामहरु गर्दा दिगो बिकासका पक्षहरु ध्यानमा राख्दै बाताबरणिय अध्ययन गरेर बिकास निर्माणका काम गरिनेछ ।
दिनानुदिन भैरहेको बनजंगलको बिनास, पानीको श्रोतहरुको क्षयिकरण रोक्नका लागि बिशेष योजना बनाइ बन फडानी रोक्न र खानेपानीका मुलहरुको संरक्षण गर्नको लागि काम गरिनेछ ।
६.अन्य….
५ बर्ष भित्र सडक सन्जाल नभएका वस्तिहरुमा सडक सन्जाल पुर्याउदै भएका सडकको स्तर उन्नती गरिनेछ ।
गाउपलिकामा रहेका हरेक घरमा स्वच्छ खानेपानी र बिद्युत सेवा ५ बर्ष भित्र उपलब्ध गरिनेछ ।
अध्यक्ष पदला स्वतन्त्र उमेदवार
टेक खड्का
आलिताल गाउँ पालिका