आलितालमा ८०० मत गणना हुदा एमाले भन्दा काङ्ग्रेस २० मतले अगाडि

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा
Dadeldhura Hospital

डडेल्धुरा : डडेल्धुराको आलिताल ८०० मत गणना हुदा पालिका अध्यक्षमा नेपाली कांग्रेस अगाडी रहेका छन। नेपाली कांग्रेस आलिताल गाउँपालिका अध्यक्ष पदका उमेदवार बल बहादुर गुरुङले २ सय ९७ मत प्राप्त गरेका छन् । तेसै गरि एमालेका उमेदवार मीन बहादुर बोगटीले २ सय ७७ मत प्राप्त गरेका छन ।तेस्तै माओबादी केन्द्रका उमेदवार शेर सि पार्कीले १०२ मत प्राप्त गरेका छन भने स्वतन्त्र उमेदवार टेक खड्काले ५९ मत प्राप्त गरेका छन । समाजबादीका तुलारम बोहराले ११ मत प्राप्त गर्दा राप्रपाका जित बहादुर थापाले २ मत प्राप्त गरेका छन ।
उपाध्यक्षमा पनि नेपाली काङ्ग्रेसकै उमेदवार अगाडी छन । उपाध्यक्ष पदका उमेदवार जला कुमारी बिष्ट बोगटीले ३१० मत प्राप्त गरेर पहिलो स्थानमा रहेकी स्थानमा रहेकी छिन् ।एमालेबाट उपाध्यक्ष पदका उमेदवार शान्ति भट्टले २८६ मत प्राप्त गरि दोस्स्था स्थानमा रहेकी छिन् ।भने माओवादी केन्द्रका उमेदवार मन्जु रावल बोहरा ले १२८ मत प्राप्त गरेका छन । तेसै गरि समाजबादीका लक्ष्मी भट्टले ५ मत प्राप्त गरेका छन ।
अहिले आलितालको १ न वडामा नेकपा एमालेका उमेदवार योगेन्द्र देउबा २४८ मत ल्याउदै अगाडी छन भने उनको प्रतिद्वन्धी नेपाली काङ्ग्रेसका उमेदवारले १९२ मत प्राप्त गरेका छन । केन्द्रका उमेदवार ले भने ३७ मत प्रात गरेका छन ।
तेसै गरि वडानं ८ मा नेपाली काङ्ग्रेस का उमेदवार धन बहादुर देउबा १३५ मत प्राप्त गरेका छन तेसै गरि एमालेका उमेदवार रामचन्द्र पुन मगरले १०६ मत प्राप्त गरेका छन भने माओबादिकेन्द्र का गणेश कामिले ३५ मत र समाजबादीका लाल धामीले जम्मा ७ मत प्राप्त गरेका छन ।आलितालमा जम्मा १० हजार ८ सय ६६ मतदाता भएतापनी ७ हजार ४ सय ९० मत खसेको थियो ।

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.