डडेल्धुरा : डडेलधुरा आलिताल गाउँपालिकाको वडा नं १ को अध्यक्षमा नेकपा एमालेका यज्ञ बहादुर देउवा ( योगेन्द्र) निर्बाचित भएका छन् । उनले ४५७ मत प्राप्त गर्दै विजयी भएका हुन । उनि संगै हिमा ओली ४२४ र दलित महिला सदस्यमा नारदा देबि कामी ३९२ मत प्राप्त गर्दै विजय भएका छन् । उनको प्यानलका खुला सदस्य प्रकाश थापा र तुलाराम बोहरा पराजित भएका छन् । खुला सदस्यमा नेपाली कांग्रेसबाट राम बहादुर बोगटी र कृष्ण खड्का बिजयि भएका छन् ।विजयी भएका प्रतिनिधीहरुलाइ एक कार्यक्रम गरि ओपचारिक घोषण गरिने निर्वाचन अधिकृत मदन राज जोशिले जानकारी दिनुभयो ।
नेपाली काङ्ग्रेसका गम्भिर सिंह बोहराले ३७७ मत प्राप्त गरेका थिए बोहरा देउवा संग ८० मतले पराजित भएका हुन । तेस्तै नेकपा माओवादी केन्द्रका सुरत बोहराले ६५ मत प्राप्त गरेका थिए । यो भन्दा अगाडी पनि सो वडामा एमालेला पुर्ण एर बिजयी भएका थिए ।
वैशाख ३० को स्थानीय चुनाबमा उक्त वडाबाट १३६७ मत मध्ये ९५७ मत खसेको थियो । आज बिहान ३ बजेबाट शुरु भएको मतगणना भर्खरै सम्पन्न भएको हो ।