डडेल्धुरा : डडेल्धुराको आलिताल गाउँपालिका थप एक वडा माओबादी केन्द्रले हात पारेको छ ।पालिकाको वडा नं ३ को वडा अध्यक्ष बल बहादुर बुढा मगर बिजयी भएका छन् । उनले ६५३ मत ल्याउदै प्यानल सहित निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्धी टेक राज पाण्डेलाई ३५१ मतान्तरले बिजयी भएका छन् ।
बुढा यस अघि पनि जननिर्वाचित जनप्रतिनिधि हुन् । उनले वडा नं ३ को सदस्य पदमा ५ बर्षे कार्यकाल पूरा गरिसकेका छन् । उनका प्रतिद्वन्दी टेक राज पाण्डेले ३०२ मत प्राप्त गरेका थिए । जम्मा मत १११३ खसेका थिए । आलिताको वडा नम्बर १ मा एमाले, २ मा कांग्रेस, ७ मा माओवादी र वडा नम्बर ८ मा कांग्रेस विजयी भएको छ। अहिले वडा नम्बर ३ र ६ को मत गणना हुदा ।३ माओबादी केन्द्र र ६ मा नेकपा एमालेका कुम्भर बुढा बिजयी भएका हुन आलितालमा कुल ७ हजार ४ सय ९० मत खसेको थियो।