डडेल्धुरा छोड्दै गर्दा सागरको खुलासा:बालेन र रविसँग भएको थियो यस्तो राजनीतिक सम्झौता

sc mahendra

डडेल्धुरा : पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको राजनीतिक गढ मानिने डडेल्धुराबाट चुनाव लडेर चर्चा कमाएका सागर ढकाल तीन वर्षपछि पुनः गृह जिल्ला फर्किएका थिए। गाउँ–गाउँमा भेटघाट र संवादमा व्यस्त रहेका ढकाल जेनजी समूहको आकस्मिक आन्दोलनले मुलुकमा ऐतिहासिक परिवर्तन ल्याएपछि काठमाडौं फर्किएका छन्।

फर्किँदै गर्दा ढकालले आफ्नो डडेल्धुरा यात्राको उद्देश्य र पछाडिका राजनीतिक योजनाबारे खुलासा गरेका छन्। उनका अनुसार, आफू, काठमाडौंका मेयर बालेन शाह र रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच विशेष राजनीतिक सम्झौता भएको खुलाएका छन् उनले आफ्नो सामाजिक संजाल फेसबुकमा लेख्दै भनेका छ्न्

“हामी Gen Y अलि आँटिलो हुन सकेनौँ, माफ गर्नुहोला। मैले २०८४ मा शेरबहादुरसँगै डडेल्धुराबाट चुनाव लड्ने योजना बनाएको थिएँ। बालेनले झापामा केपी ओलीसँग प्रतिस्पर्धा गर्ने र रविले प्रचण्डको ठाउँबाट लड्ने योजना थियो। हामी तिनलाई यी तिन निरंकुश शासकले हराए पनि हाम्रो हारले Gen Z को भविष्य सुरक्षित गर्ने लक्ष्य राखेका थियौँ,” ढकालले भने।

उनले दुई वर्षको योजनासहित डडेल्धुरा आएको तर संघर्षको बीचमा दुई दिनमै मुलुकमा ऐतिहासिक मोड आएको उल्लेख गरे। “गाउँ–गाउँमा जागरूकता फैलाउँदै गर्दा विश्व इतिहासमै विरलै देखिने परिवर्तन दुई दिनमै भयो। यो रुस र फ्रेन्च क्रान्ति जस्तै भए पनि फरक प्रकृतिको क्रान्ति हो। हजुरहरूले हातमा आएको सेरबहादुरको ज्यान जोगाउनुभयो, हाम्रो सनातन संस्कृतिलाई पुनः झल्काउनुभयो,” उनले जनतालाई धन्यवाद दिँदै भने।

ढकालले आगामी ३० वर्षपछि पनि सेप्टेम्बर ८ (२०८५) लाई स्मरण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले हालको विनाशपश्चात पुनर्निर्माणमा सबैलाई जुट्न आग्रह गर्दै भने, “आज हामी विश्वका युवाहरूको लागि प्रेरणा बनेका छौँ, यो क्रान्तिले नेपालको पहिचानलाई नयाँ उचाइमा पुर्‍याएको छ।”
उनले जेनजीले अन्तरिम सरकारको प्रधानमन्त्रीको रुपमा अघि सारेका शुसिला कार्कीलाई समर्थन गर्दै अब के गर्ने भन्ने विशयमा यस्तो बताएका छ्न
प्रिय जेन जिका साथीहरू अबको बाटो १ देखि १० (२०८३ को वैसाखमा हजुरकै युवा प्रधानमन्त्री)

हजुरहरूलाई मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न सक्छु भनेको थिए। त्यस बमोजिम आज बिहान हामीले प्रस्ताव गरेको सुशीला कार्की ज्युमा बालेन जिले पनि समर्थन गरेपश्चात् आम सहमति हुने देखियो। अब गर्नु पर्ने कदमहरू यस प्रकार छन् :

१) ढिला नगरी राष्ट्रपतिलाई संसद् विघटन गर्न भन्ने
२) सुशीला कार्कीलाई हजुरहरूका माग अनौपचारिक रूपमा राख्ने । सुशीला कार्की र हजुरहरू सहमत भएको ड्राफ्ट फाइनल गर्ने ।
३) त्यो ड्राफ्ट हजुरहरूले फाइनल गरेर राष्ट्रपतिकोमा सम्बन्धित मन्त्रीको रोहवरमा पेस गर्ने ।
४) राष्ट्रपतिले आवश्यक संवैधानिक परिमार्जन गर्ने (प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सम्बन्धित विषयको विग्यलाइ मन्त्री बनाउने, आदि हजुरको माग बमोजिम)।
५) सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने । ९ जना मन्त्री बनाए पनि भयो – XYZ पुस्ताबाट ३-३-३ , जो हजुरहरूले सुशीला कार्कीसँग मिलेर छान्ने। चुनावमा नउठ्ने मनसायको जो मन्त्री बन्छ त्यसलाई बनाउने ।
६) सुशीला कार्कीको सरकारले चुनाव घोषणा गर्छ । चुनावमा पुराना दलका करिब सबै टाउके नेता उठ्न नमिल्ने गरी अध्यादेश ल्याउने। काँग्रेस, एमाले मावोवादी पुरै नयाँ र जागरूक हुन्छ – कडा प्रतिपक्षको रूपमा सायद।
७) सेनालाई भेटेर चुनावमा सुरक्षा र व्यवस्थापनमा सहयोग गर्न भन्ने।
८) विदेश बसेकालाई भोट हाल्न आव्हान गर्ने । यो सम्भव छ र गर्न सकिन्छ।
९) हजुरले चाहेको प्रधानमन्त्री २०८३ को वैशाखमा हजुरको आँखै अगाडी आउँछ, अबको जम्मा ६-७ महिनामा।
१०) अबको ३० वर्ष Gen YZ रातदिन नभनेर काम गर्ने, Gen Alpha र उनीहरूको छोराछोरिहरुलाइ विश्वकै एक नमुना देश सुम्पने।

नोट: यो बुँदाहरू पहिलेको‌ प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीसँग भएको संवादको आधारमा लेखिएको हो। अब सुशीला जीसँगै उहाँलाई पनि GenX अन्तर्गत (गृह र निर्वाचन) मन्त्रीपरिषद्मा राख्दा राम्रो होला।

डडेल्धुरामा सागर ढकालले थालनी गरे समाजसेवा, ‘श्रमबार’ मनाउन आह्वान

You might also like
Leave A Reply

Your email address will not be published.