parwat hotel
Citizan

सुदूरपश्चिमको बजेट बांडफांडमा भित्रिमधेशको व्यापक असन्तुष्टि,फोटो सहितको ब्यानर राखेर प्रवेश निषेध गरिने चेतावनी

bhageswar small
alital janahit

असार ५

सुदूरपश्चिम सरकारले आर्थिक बर्ष २०८०।८१ को लागी ल्याएको बजेटमा भित्रिमधेसका स्थानिय तहहरुले व्यापाक असन्तुष्टि जनाएका छन् ।

glam &
Citizan

हिजो सोमबार आलिताल गाउंपालिका अध्यक्ष शेर सिं पार्कीले सुदूर पश्चिम प्रदेशले आलितालको समस्यालाई उपेक्षित गरेको भन्दै सुदूर पश्चिम प्रदेशका मन्त्रीहरुलाई आलितालमा निषेध नै गर्ने चेतावनी सामाजिक संजाल मार्फत दिएका थिए । तेस्तै भित्रि मधेसकै परशुराम नगरपालिकाले पनि निर्वाचित सांसदहरुलाई परशुराम क्षेत्र भित्र प्रबेश निषेध गरिने भन्दै परशुराम बासीलाई साथ दिन आग्रह गरेका छन् ।
परशुराम नगरपलिका वडा न. ६ का अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता समेत रहेका खगेन्द्र सिंह ठकुरीले सामाजिक संजालमा पोष्ट गर्दै भनेका छन् “डडेलधुराबाट निर्वाचित सबै प्रदेश माननीयहरुलाई परशुराम निशेध गर्ने अभियान सुरु गर्दै छौ, परशुराम बासीआमा,बुवा,दिदिबहिनी दाजु भाइहरुमा यस अभियानमा साथ र सहयोगको लागि हार्दिक अपिल गर्दछु । साथै फोटो सहित को ब्यानर परशुरामनगरपालिकाको प्रवेश द्वार मा राखिने छ।” उनले यस आर्थिक बर्षको बजेट बिनियोजनमा परशुराम नगरपालिकाको समस्यालाई सम्बोधन नै नगरेकाले निर्वाचित प्रदेश सभाका माननियहरुलाई परशुराममा आउन निषेध गर्ने अभियान नै चलाउन लागेको बताए ।

lali

दियालोखबरसंग कुरा गर्दै अध्यक्ष ठकुरीले परशुरामको थुप्रै समस्याहरु प्रदेशमा पठाएका थियौं ,मन्त्री समेत आएर अवलोकन गरेर जादा पनि बजेटमा समस्याको समधानको लागी कुनै बजेट आएन अब हामीले जनतालाई के भन्ने होला । उनले भने हामीले गर्नुपर्ने सम्पूर्ण प्रक्रिया गरेका छौ , बजेट बांडफाड गर्न स्थानमा हामीले पठाएका प्रतिनिधिहरुले नै यस्तो उपेक्षित गरिदिदा समस्यामा छौ अब प्रदेशसभाका हामीले निर्वाचित गरेका प्रतिनिधिलाई नै परशुराममा निषेध गरेर चेतावनी दिने विचार गरेका हौं । अध्यक्ष ठकुरी नेपाली कंग्रेसबाट दोस्रो पल्ट निर्वाचित वडा अध्यक्ष हुन ।

अध्यक्ष ठकुरीले सामाजिक संजालमा लेखेको पोष्ट :

पालिका अध्यक्षको आक्रोश: प्रदेश सरकारलाई पालिकामा निषेध

सुदूरपश्चिम सरकार ल्यायो २९ अर्ब २६ करोड ५९ लाखको बजेट

krisnapur big
You might also like
Leave A Reply

Your email address will not be published.