- भक्त गाहा मगर
सावन २९
डडेल्धुराको आलितालले खोला फर्काएर बस्ती जोगाउने कोशिस गरिरहेको छ । जिल्लाको आलिताल-८ को सुनखोलालाई स्काइभेटर लगाएर घुम्ति बजार लगाएत उब्जनी भईरहेको बालीनाली बचाउन लागएिको हो ।
बर्षातका कारण खोलामा पानीको बहाव बढे संगै बस्ती जोखिममा परेको छ । सावन २४ गते आएको अबिरल बर्षाका कारण आलितालका बिभिन्न क्षेत्रमा क्षति गरेको थियो । निरन्तर बर्षातका कारण करोड भन्दा बढी लागतमा बनिरहेको खेल मैदान पनि जोखिममा रहेको छ ।
आलिताल-८ घुन्तिका बासिन्दाले बर्षेनी यही समस्या झेलेर बर्षौ कटाइसकेका छन् । बर्खामा बाढी आउन थालेपछि उनीहरु आरामले सुत्न सक्दैन् । बिगतमा आएको बाढीले धेरै पल्ट उठीबास लगाईसकेको उनीहरु सुनाउछन् । हिउँदमा पानीको थोपो समेत नभेटिने सुनखोला बर्खामा पानी पर्न थालेपछि उर्लिएर आउँछ,मनपरी ढंगले जता मनलाग्यो उतै पानी बगेर क्षति गराउँछ । यहि खोलाको भरमा परेर यहां किसानले धान बाली पनि लगाउने गर्दछन् तर बर्षातमा खोलाले सिचाई कुलो समेत बगाउदा किसान पनि मारमा परेका छन् ।
अहिले सुनखोलामा स्काईभेटरले खोला फर्काउने काम गरिरहेको छ । बर्खामा बढेर आउने पानीलाई बस्तीमा जान नदिन बैकल्पिक नहर बनाएर पश्चिमतर्फ रहेको रंगुनखोलामा झार्ने प्रयास अगाडि बढेको छ । खोला बस्तीतिर नआवस् भनेर डोजरले खोलालाई आफ्नै स्थानमा बग्न बाटो बनाई रहेको हो । बर्षातमा मात्र आउने खहरे जस्तै यो खोलाले मानविय तथा भौतिक क्षति गर्दै आईरहेको छ । केहि बर्ष अगाडी मात्र गोदाम-बाहिरीसैन जोड्ने पुल नबन्दा बर्षेनी मानिसको ज्यान समेत लिने गरेको थियो ।
गोदाम बजारको माथि पट्टिबाट सुनखोलाले कटान सुरु गरे पछि जोखिम बढेको हो । खोलामा तटबन्द नहुदा जोखिम बढेको हो । यो समस्याको दीर्घकालीन समाधानका लागि आलिताल गाउंपालिकाले सुनखोलामा तटबन्ध गर्न टेन्डर गरेर ठेकेदारलाई काम समेत सुम्पिसकेको छ । काठमाण्डुको बानेश्वरमा कार्यालय रहेको एम एस डिप ज्वयन्ट भेल्चर कम्पनीले २ करोड ९० लाख १४ हजार ७७७ रकममा निर्माण सम्पन्न गर्ने जिम्मा पाएको छ भने काम कहिले देखि सुरु हुन्छ तेसको बारेमा भने सम्पर्क हुन सकेको छैन ।
सम्बन्धित समाचार…
डडेल्धुराको आलितालमा बर्षाका कारण गोठ भत्किदा चार पशुचौपायाको मृत्यु
गए राती आएको भिषण बर्षाका कारण आलितालमा कहां-कहां भयो क्षति ?