डडेल्धुराको आलिताल-१ का पहिरो पिडितलाई खुल्ला क्षेत्रमा व्यवस्थापन गरियो

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

भक्त गाहा मगर

सावन ३० डडेल्धुरा,
डडेल्धुराको आलिताल गाउंपालिका वडा न.१ का पहिरो पिडितलाइ नजिकैको टाँक भन्ने ठाउँमा सुरक्षित आवासमा व्यवस्थापन गरिएको छ ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

पालिकाको वडा न. १ मा रहेको मालागाँउ र भोका गाउं वस्तिमा बसोबास गर्ने २१ परिवार नजिकैको जनज्योती आधारभुत विद्यालयमा बसोबास गर्दै आइरहेका थिए । विद्यालयमा बसोबास गर्दै आइरहेका पहिरो पिडितलाई सुरक्षित बासस्थानमा सारिएको हो ।

विद्यालय भवनमा रात कटाइरहेका स्थानीयलाई राष्ट्रिय वनको खुला क्षेत्रमा राखिने जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार व्यवस्थापन गरिएको डडेल्धुराका प्रशासकिय अधिकृत तथा सुचना अधिकारी जितेन्द्र ओझाले बताए । पिडितलाई अस्थायी टेन्ट,वायु पंखि चुलो बाल्टी जग र बलाङ्केट जस्ता समाग्रीहरुको व्यवस्था गरेर सुरक्षित स्थान टाँक भन्ने ठाउँमा सारिएको वडा न. १ का अध्यक्ष यज्ञ बहादुर देउवाले बताए ।

आज एक कार्यक्रम नै गरेर उक्त सामाग्री बितरण सहित व्यवस्थापन गरिएको हो । कार्यक्रममा सुदुरपश्चिम प्रदेशका माननीय संसद सरस्वती खड्का , प्रमुख जिल्ला अधिकारी बिस्व राज न्योपाने, नेपाल सेनाका प्रमुख,प्रहरी बिटका प्रमुख,सशस्त्र प्रहरीबल डडेल्धुराका प्रमुख,जनप्रतिनिधि,राजनिती दलका प्रतिनिधि,पत्रकार, शिक्षक बुद्धिजीवी समाजसेवी बिभिन्न संघ संस्थाका प्रमुखहरुको उपस्थितिरहेको थियो ।

Dadeldhura Hospital

विद्यालयमा बसोबास गरिरहेका हुदा विद्यालयको पठनपाठन समेत प्रभावित भएको थियो । आज सम्म वडा तथा पालिकाले राहात स्वरूप खाद्य सामाग्री चामल,दाल,तेल,तरकारी नुन र अन्य सर समान दिदै आएको थियो ।

सम्बन्धित समाचार…

डडेल्धुराको आलितालमा पहिरो पिडितको व्यवस्थापन नहुदा विद्यालयको पठनपाठन प्रभावित

आलितालका-१ का पहिरोपीडितलाई राष्ट्रिय वनको खुला क्षेत्रमा राखिने

आलिताल-१ मा पहिरोको डरले घर छोडी बिद्यालयमा बास

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.