गाउंपालिकाकै मुटुमा रहेको गोदाम बजारमा खानेपानीको चरम अभाव

सामाजिक विकास कार्यालय, डडेल्धुरा
कृषि ज्ञान केन्द्र डडेल्धुरा

डडेल्धुरा : आलिताल गाउंपालिकाकै मुटुमा रहेको गोदाम बजारमा खानेपानीको चरम अभाव भएको छ ।
सावन २४ गते आएको अबिरल बर्षाका कारण गोदाम खानेपानीको मुहान खोलाले बगाए पछि अभाव भएको हो ।
गोदाम खानेपानीको मुहान देखि तल कैनघाडी क्षेत्रको पाइपलाई खोलाले बगाएको छ । मुल र पाइप नै खोलाले बगाए गोदाम बजारमा हप्ता दिन देखि खानेपानीको अभाव भएको छ । जनश्रमदानबाटै अस्थायी खानेपानीको मर्मत गर्न लागेता पनि अझै खानेपानी संचालनमा आउन सकेको छैन ।


अहिले गोदामका बासिन्दाले एक किलोमिटर टाढा रहेको घुम्तिमा पुगेर नाउलाको पानी खाईरहेका छन् ।
ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना र आलिताल गाउंपालिकाको आर्थिक सहयोगमा करिब एक करोडको लागतमा सम्पन्न भएको खानेपानी योजना खोलाले तहसनहस पारे पछि गोदाम बासी खानेपानी कहांबाट ल्याएर पिउने भन्ने चिन्तामा परेका छन् । अहिले अस्थायी खानेपानीको व्यवस्था गराउन सकिएता पनि दिगो खानेपानीको लागी नयां मुल खोजेर व्यवस्थीत बनाउनु पर्ने समितिका सचिब पदम बहादुर डाला मगरले बताउछन् ।

भौतिक पूवार्धार विकास कार्यालय डडेल्धुरा

प्रधानमन्त्री प्रचण्डको सचिवलाई फोनबाटै निर्देशन,दैजी–जोगबुढा सडक छिटो सञ्चालन गर्नु

Dadeldhura Hospital

डडेल्धुराको आलितालमा पहिरो पिडितको व्यवस्थापन नहुदा विद्यालयको पठनपाठन प्रभावित

डडेल्धुराको आलितालमा खोला फर्काएर बस्ती जोगाउने प्रयास

डडेल्धुराको आलितालमा विद्यार्थीद्वारा बाटो सरसफाई

पहिरोका कारण बुडर- जोगबुडा सडक अबरुद्ध

गए राती आएको भिषण बर्षाका कारण आलितालमा कहां-कहां भयो क्षति ?

डिभिजन वन कार्यालय, डडेल्धुरा
Health Office Dadeldhura
You might also like
Leave A Reply

Your email address will not be published.